arrow

'चैत भित्र सबैलाई कोरोनाको खोप'

logo
हाम्रा कुरा
प्रकाशित २०७८ भदौ ६ आइतबार
umesh-shrestha.jpg

चितवन । स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री उमेश श्रेष्ठले आगामी चैत महिनाभित्र शतप्रतिशत जनसङ्ख्यालाई कोरोनाविरुद्धको खोप लगाइने बताएका छन् ।  भरतपुर अस्पतालको  कार्यक्रममा राज्यमन्त्री श्रेष्ठले आगामी असोज महिनाभित्र ३३ प्रतिशत जनसङ्ख्यालाई र चैत महिनाभित्र शतप्रतिशत जनसङ्ख्यालाई कोरोनाविरुद्धको खोप लगाइने बताएका हुन् ।

 राज्यमन्त्री श्रेष्ठले नेपालमा सबै जनसङ्ख्यालाई करिब पाँच करोड ५० लाख खोप आवश्यक रहेकामा पाँच करोड २५ लाख खोपको सम्झौता भइसकेको जानकारी दिँदै उनले भने, “हाम्रो भण्डारण क्षमता २५ लाख खोप मात्र हो । त्यसैले खोप लगाउँदै फेरि ल्याउँदै गर्नु परेको छ ।” 

सरकारको ध्यान कोरोना परास्त गर्नमा केन्द्रित रहेको बताउँदै उनले केही दिनमा पीसीआर र एन्टिजेन परीक्षणलाई पूर्ण रूपमा निःशुल्क गर्ने योजना रहेको जानकारी दिए ।
 
उनले देशभरिका अस्पतालहरूका लागि २० हजार चिकित्सक तथा स्वास्थ्यकर्मी थप्नुपर्ने बताए । त्यसमा चिकित्सक, नर्स र प्यारामेडिकलको दरबन्दी थप्नुपर्ने आवश्यकता रहेको बताए ।
 
गरिब जनताले सहज उपचार पाउनका लागि जनशक्ति थप गर्नुपर्ने आवश्यकता रहेको बताउँदै उनले सरकारी अस्पतालहरूलाई साधन, स्रोत र जनशक्ति अभाव हुन दिन नहुनेमा जोड दिए । भरतपुर अस्पतालले सम्पूर्ण सेवा दिन नसकेका कारण भरतपुरका गल्ली गल्लीमा अस्पताल खुलेको बताउँदै अस्पताललाई के उपकरणको समस्या हो त्यसबारेमा जानकारी दिन आग्रह गरे । उनले भने, “समस्या के हो जानकारी दिनुहोस् पाँच-दश करोड बजेटको समस्या हुँदैन ।”



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ