arrow

स्वास्थ्य सहयाेगका लागि एनआरएन र डाँफे केयरसहित चार संस्थाबीच सम्झौता

logo
हाम्रा कुरा
प्रकाशित २०७८ भदौ ७ सोमबार
viber_image_2021-08-22_13-04-10-650.jpg

काठमाडौं । विदेशमा रहेका नेपालीहरूलाई स्वास्थ्य सेवा उपलब्ध गराउनका लागि सहयोग गर्ने उद्देश्यले गैर आवासीय नेपाली सङ्घ (एनआरएनए) र डाँफे केयरबीच सम्झौता भएको छ । नेपाल मेडिकल एसोसिएसन (एनएमए) र नर्सिंग एसोसिएसन अफ नेपाल (एनएएन)को समेत उपस्थितिमा चारै संस्थाले विदेशमा बस्ने नेपालीहरूलाई टेलिस्वास्थ्य सेवा दिन पहल चालेका हुन् । 

यसका लागि एनआरएनएकातर्फबाट डा. संजीब सापकोटा, डाँफे केयरकातर्फबाट फार्मास्टि कबिन मलेकु, नेपाल मेडिकल एसोसिएसनकाफर्तबाट डा. शिव श्रेष्ठ र  नर्सिंग एसोसिएसन अफ नेपालकातर्फबाट प्रोफेसर मनकुमारी राईले सम्झौतामा हस्ताक्षर गरेका हुन् । 
गत वर्षदेखि नै डाँफे केयरले प्रवासी कामदारहरूलाई टेलिस्वास्थ्य सेवा उपलब्ध गराउँदै आएको थियो । यसै अनुसार एनआरएनएसँगको सहकार्यमा डाँफे केयरले टेलिफोन एवं टेलिस्वास्थ्य सेवा निरन्तर जारी राख्ने छ ।

झण्डै ३० लाखभन्दा बढी नेपालीहरू कामको सिलसिलामा विदेशमा छन् । तीमध्ये बढी जसो नेपालीहरू मध्यपूर्व, दक्षिण कोरिया, मलेसिया र जापानमा छन् ।

कामको सिलसिलामा बिदेसिएका यस्ता धेरैजसो नेपालीहरू कम शिक्षित भएकै कारण विदेशमा स्वास्थ्य सेवा सुविधा लिन असक्षम हुन्छन् ।

कोभिड१९को महामारीको बेलामा उनीहरूलाई झनै समस्या भएका बेला डाँफे केयरले टेलिफोनसँगै, फेसबुक, ह्वाट्सएप, म्यासेन्जर, जुमलगायतका जुनसुकै सामाजिक सञ्जालमार्फत स्वास्थ्य सेवा उपलब्ध गराउँदै आएको छ । 

यसका लागि एनआरएनए ग्लोबल स्वास्थ्य समितिका अध्यक्ष समेत रहेका डा. संजीब सापकोटाले टेलिमेडिसिन केन्द्र र स्वास्थ्य क्लिनिक चलाउन पहल गरेका हुन् ।

यस्तै नर्सिंग एसोसिएसन अफ नेपालकातर्फबाट प्रोफेसर मनकुमारी राईले नर्सिंग सहयोगका लागि प्रतिबद्धता व्यक्त गरिन् ।

यस्तै नेपाल मेडिकल एसोसिएसनकातर्फबाट डा. शिव श्रेष्ठ एवं अष्ट्रेलियन नेपाली मेडिकल फाउण्डेसनकातर्फबाट डा. कुसले समेत सहयोगका लागि प्रतिबद्धता व्यक्त गरेका छन् । 

डाँफे केयरका चिफ अपरेटिङ अफिसर समेत रहेका कबिन मलेकुले अहिलेको समयमा खास गरी विदेशमा रहेका नेपाली कामदारहरूका लागि टेल स्वास्थ्य सुविधाको अत्यावश्यक रहेको बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ