arrow

अफगानिस्तानबाट फिर्ता भएका नेपालीलाई पोलियो खोप लगाइने 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ भदौ ७ सोमबार
umesh-shrestha.jpg

काठमाडौं । अफगानिस्तानमा विकसित पछिल्लो घटनाक्रमका नेपाल फिर्ता भइरहेका नेपालीहरुलाई सरकारले पोलियो खोप लगाउने घोषणा गरेको छ ।

स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले अफगानिस्तानबाट उद्दार गरी ल्याइएका सबैलाई पोलियो खोप दिने सरकारबाट निर्णय भइरहेको जानकारी दिए ।

अफगानिस्तानमा फैलिएको पोलियो संक्रमणलाई दृष्टिगत गरी निर्णय गरिएकाले नजिकको खोप केन्द्रबाट पोलियो खोप लिन राज्यमन्त्री श्रेष्ठले आग्रह गरेका छन् ।

अफगानिस्तानबाट हालसम्म ५०४ जना नेपाली स्वदेश फर्किएका छन् । परराष्ट्र मन्त्रालयका अनुसार आइतबार साँझसम्म थप ३५६ जना नेपालीले उद्धार तथा स्वदेश फिर्ती प्रक्रियाका लागि कन्सुलर विभागको बेव पोर्टलमा आफ्नो विवरण दर्ता गराएका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ