arrow

कोरोना अपडेट : निको हुनेको संख्या ७ लाख नाघ्यो, परीक्षण कम हुँदा संक्रमित घटे

logo
हाम्रा कुरा
प्रकाशित २०७८ भदौ ७ सोमबार
corona-variant.jpg
फाइल तस्बिर

काठमाडौं। कोरोना भाइरसको संक्रमणबाट मुक्त हुनेको संख्या ७ लाख नाघेको छ । पछिल्लो २४ घण्टामा थप १  हजार ९ सय २४ जना सङ्क्रमणमुक्त भएका छन् । योसँगै हालसम्म सङ्क्रमणमुक्त हुनेको सङ्ख्या ७ लाख ९७ पुगेको छ ।

पछिल्लो २४ घण्टामा ११ हजार ३ सय २६ जनाको नमुना परीक्षण गरिएको छ । 

परीक्षण कमहुँदा संक्रमित हुनेको संख्या पनि घटेको छ । पछिल्लो २४ घण्टामा थप १ हजार ८ सय १ जनामा कोभिड १९ को सङ्क्रमण पुष्टि भएको छ ।

योसँगै हालसम्म पिसिआर विधिबाट ७ लाख ४८  हजार ९ सय ८१ जनामा र एन्टिजेन विधिबाट ८० हजार ४ सय ६२ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । 

यस्तै पछिल्लो २४ घण्टामा २४ जनाको मृत्यु भएको छ । योसँगै हालसम्म मृत्यु हुनेको सङ्ख्या  १० हजार ५ सय ३३ पुगेको छ। 

हाल ६ सय ७९ जनाको आईसीयु र १ सय ७६ जनाको भेन्टीलेटरमा उपचार भइरहेको छ । हाल सक्रिय संक्रमित संख्या ३८ हजार ३ सय ५१ रहेको छ ।



नयाँ