arrow

गण्डकीमा ह्वात्तै घटे सक्रिय कोरोना संक्रमित

logo
हाम्रा कुरा
प्रकाशित २०७८ भदौ ७ सोमबार
corona-variant.jpg

पोखरा । गण्डकीमा सक्रिय कोरोना संक्रमितको संख्या ह्वात्तै घट्न थालेको छ । गण्डकीमा आज सोमबार ४५ सय ७८ जना सक्रिय संक्रमित रहेका छन् । 

आइतबार ४९ सय ६७ संक्रमित रहेको गण्डकीमा आज घटेर ४५ सय ७८ जनामा झरेको हो । गण्डकीमा शनिबार ५३ सय ६४ र शुक्रबार ५६ सय चार जना सक्रिय संक्रमित थिए ।

यस्तै, कास्कीमा आज एकै दिन ९४ जना सक्रिय संक्रमित घटेका हुन् । आइतबार २१ सय ३२ सक्रिय संक्रमित रहेको कास्कीमा सोमबार घटेर दुई हजार ३८ जनामा झरेको छ । कास्कीमा शनिबार २१ सय ५७ जना र शुक्रबार २१ सय ८६ सक्रिय संक्रमित रहेको थियो ।

थप चार जनाको मृत्यु २६९ जना संक्रमित थपिए

गण्डकीमा आज थप चार जना कोरोना संक्रमितको मृत्यु भएको छ भने २६९ जना संक्रमित थपिएका छन् ।

गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयको आपतकालिन कार्यसञ्चालन केन्द्रका अनुसार आज मृत्यु भएकामध्ये तीन जना पोखराका र एक जना स्याङ्जाका छन् ।

आज भेटिएका संक्रमितमध्ये सबैभन्दा धेरै कास्कीका १६४ जना रहेका छन् । गण्डकीमा आज६५४ जना संक्रमित निको भएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ