arrow

केन्ट सुप्रिम एक्स्ट्रा मिनरल आरओ वाटर प्युरिफायर बजारमा

logo
हाम्रा कुरा
प्रकाशित २०७८ भदौ ८ मंगलबार
kent-supreme-extra.jpg

काठमाडौँ। ईओएल प्रालि नेपालमा केन्ट उत्पादनहरूका लागि एक मात्र आधिकारिक वितरक सीजी इलेक्ट्रोनिक्स अन्तर्गतको संस्थाले केन्ट सुप्रिम एक्स्ट्रा मिनरल आरओ वाटर प्युरिफायर बजार मा ल्याएको छ। यो नयाँ वाटर प्युरिफायरको मूल्य रु. ३३ हजार ९९० रहेको सीजीले जानकारी दिएको छ।

यो प्युरिफायर नेपाल भरिका सबै प्रमुख रिटेल आउटलेटहरूमा उपलब्ध रहेको बताइएको छ। यो प्युरिफायर प्रिमियम र एक्स्ट्रा सुविधाहरू भएकोले सत् प्रतिशत  शुद्ध र अल्कलाइन सहितको पिउने पानी प्रदान गर्दछ जसमा पी.एच.को स्तर ८.५ देखि ९.५ को बिचमा सुनिश्चित हुने र यसले परिवारको स्वास्थ्यको ख्याल राख्ने दाबी गरिएको छ।

यस प्युरिफायरले आरओ, यूभी, यूएफ, टीडीएस नियन्त्रणको बहु शुद्धीकरण प्रक्रिया प्रयोग गर्ने र यूभी डिस्फेसन टेक्नोलोजीले शुद्ध पानीलाई भण्डारण ट्याङ्कीमा लामो समयसम्म शुद्ध राख्ने गर्दछ।

यस प्युरिफायरमा केन्टको आविष्कारशील मिनरल आरओ टेक्नोलोजीले शुद्ध पानीमा अत्यावश्यक प्राकृतिक खनिजहरू जोगाउन टीडीएस कन्ट्रोलर प्रयोग गर्दछ जसले सत् प्रतिशत शुद्ध र खनिज युक्त पिउने पानी प्रदान गर्ने दाबी गरिएको छ।

यस प्युरिफायरमा कम्प्युटरले नियन्त्रण गरिएको फिल्टर परिवर्तन अलार्म हुन्छ जसले फिल्टर प्रतिस्थापन गर्ने समय र यूभी फेल अलार्मले जब यूभी बत्ती निष्क्रिय हुँदा सचेत गराउँदछ र उन्नत सुरक्षा र सुविधा सुनिश्चित गर्दछ।

सीजीले भनेको छ, ‘केन्ट सुप्रिम एक्स्ट्रा पूर्ण रूपले स्वचालित अपरेसन हुन्छ जुन भण्डारण ट्याङ्की भरिएपछि बन्द हुन्छ र शुद्धीकरण प्रक्रिया तब सुरु हुन्छ जब भण्डारण ट्याङ्कीमा पानी अधिकतम तहभन्दा तल खस्दछ।’

यो पानी प्युरिफायर एक वर्षको सेवा वारेन्टीसहित देशभरिका सबै स्टोरहरूमा उपलब्ध रहेकोसमेत सीजीले जनाएको छ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ