arrow

'न्युक्लियर टेस्टको एक्सपोजर'का कारण चीनमा झन्डै २ लाखको मृत्यु : प्रतिवेदन

logo
हाम्रा कुरा
प्रकाशित २०७८ भदौ ८ मंगलबार
china.PNG

काठमाडौँ। न्युक्लियर सुपर पावर बन्ने होडमा चीनले गरेका न्युक्लियर परीक्षणका कारण झन्डै २ लाख मानिसले ज्यान गुमाएको एक प्रतिवेदनले जनाएको छ ।चीनले सन् १९६४ देखि सन् १९९६ सम्ममा ४५ वटा न्युक्लियर परीक्षण गरेको थियो । यसका क्रममा उत्पन्न रेडिएसनका कारण करिब १ लाख ९४ हजार नागरिकले ज्यान गुमाएको  पिटर सु सिउले द नेशनल इन्ट्रेस्टमा उल्लेख गरेका छन् ।

यस्तै झन्डै १२ लाख मानिस रेडिएसनबाट क्यान्सर, ल्युकेमिया एवं भ्रूण क्षति हुने गरी प्रभावित भएको सो प्रतिवेदनमा उल्लेख छ । यी ४५ परीक्षणले हिरोसिमामा खसालिएको परमाणु बम भन्दा २०० गुणा बढी उत्पादन गरेको रिपोर्टमा उल्लेख छ । हिरोसिमामा खसालिएको बमले तुरुन्तै ८० हजार नागरिकको ज्यान लिएको थियो ।

चीनले २३ वटा न्युक्लियर परीक्षण वायुमण्डलमा गरेको थियो । यसको असरबारे अध्ययनका लागि पर्याप्त तथ्याङ्क नहुँदा सिन्जियांग प्राप्त अज्ञात रहेको छ ।

चीनले सन् १९६४ मा पहिलो वायुमण्डलीय न्युक्लियर टेस्ट गरेको थियो भने, सन् १९८० मा अन्तिम जुन विश्वकै पनि अन्तिम वायुमण्डलीय न्युक्लियर टेस्ट थियो । त्यसयता न्युक्लियर टेस्ट अण्डर ग्राउण्डमा हुने गरेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ