arrow

बुधवारदेखि मनसुन थप सक्रिय हुने सम्भावना

logo
हाम्रा कुरा
प्रकाशित २०७८ भदौ ८ मंगलबार
monsoon-weather-cloud-rain.jpg

काठमाडौं। मनसुनी वायुका कारण मौसममा  सुधार   हुन अझै केही दिन लाग्ने भएको छ । बङ्गालको खाडीबाट आएको जलवाष्पयुक्त हावाका कारण मनसुनी गतिविधि अझै सक्रिय रहेको हो ।  

“अहिलेको अवस्थालाई हेर्दा मौसममा सुधार हुने देखिएको छैन । बुधवारदेखि मनसुन थप सक्रिय हुने सम्भावना छ ।” जल तथा मौसम विज्ञान विभागका  वरिष्ठ मौसमविद् वरुण पौडेलले बताए ।  शुक्रबारसम्म देशका धेरैजसो स्थानमा बदली रहनाका साथै हल्कादेखि मध्यम खालको वर्षा हुने र केही स्थानमा भने भारी वर्षाको सम्भावना रहेको छ । त्यस अवधिमा दिउँसोभन्दा राति र बिहान पानी धेरै पर्ने बताइएको छ । 

हाल देशभर सामान्य बदली रही प्रदेश नं १, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानका साथै अन्य प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम खालको वर्षा भइरहेको र वाग्मती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक वा दुई स्थानमा मेघ गर्जन र चट्याङसहित भारी वर्षाको सम्भावना रहेको विभागले जनाएको छ । 

मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम २० दशमलव छ डिग्री र अधिकतम तापक्रम २४ दशमलव पाँच डिग्री सेल्सियस रहेको छ । त्यस्तै आज सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम १६ दशमलव पाँच डिग्री  र सबैभन्दा धेरै धनगढीको अधिकतम तापक्रम ३३ दशमलव सात डिग्री सेल्सियस रहेको छ ।



नयाँ