- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौँ। दशैं चाडको विशेष अवसरमा बजाज मोटरसाइकलको एकमात्र आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी प्राइभेट लिमिटेडले “बजाज खुसी को ३ डोज” योजना सार्वजनिक गरेको छ।
बजाजले सदैव ग्राहकहरूका लागि रोमाञ्चक योजना र अफरहरू ल्याउँदै आइरहेको छ। र, कोभिड—१९ महामारीको समयमा पनि बजाजले ग्राहकहरू माझ खुसी बाँड्न आवश्यकता अनुरूपका योजनाहरू ल्याएको छ। दशैं चाडको यो महत्त्वपूर्ण समयमा, बजाजले उपभोक्ताहरूलाई आफ्नो विशेषाधिकारको आनन्द उठाउने , खुसीका साथ उत्सव मनाउने र ग्राहहरूको सुरक्षाको ग्यारेन्टीको समेत सुनिश्चित गर्दछ।
बजाजले सधैँ विभिन्न पहल र अफरहरूका साथ ग्राहकहरूलाई समावेश गर्दै आइरहेको छ। यो दशैं चाडको अवसरमा बजाजले बजारमा “बजाज खुसी को ३ डोज” अभियान ल्याएको हो। ग्राहकहरूले यस अफर अन्तर्गत कुनै पनि बजाज मोटरसाइकल किन्नु भन्दा पहिले,, किन्ने बखतमा र किनी सकेपछि नगद पुरस्कार प्राप्त गर्न सक्दछन्।
ग्राहकहरूले बाइक किन्नु भन्दा पहिले दस हजारसम्मको अग्रिम नगद प्राप्त गर्न सक्छन्। त्यस बाहेक, उपभोक्ताहरूले मोटरसाइकलको खरिदको दौरानमा एक लाखसम्मको नगद मूल्य प्राप्त गर्न सक्छन् र बम्पर अफरमा भने कुनै पनि अधिकृत डिलरबाट बजाज मोटरसाइकल किनिसकेपछि दस लाखको नगद पुरस्कार प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ।
हंसराज हुलासचन्द एण्ड कम्पनी प्राइभेट लिमिटेडका प्रबन्ध निर्देशक शेखर गोल्छाले भने, 'बजाजले सदैव आवश्यकता अनुरूप ग्राहकहरूका लागि रोमाञ्चक तथा लाभदायी अफर र योजना ल्याउँदै आएको छ। बजाजले दशैं महोत्सवको अवसरमा उपभोक्ताहरूलाई दोहोरो खुशी दिने प्रयास गर्ने उद्देश्यले “बजाज खुसी को ३ डोज” अभियान प्रस्तुत गरेको हो, किनकि बजाज आफ्नो ग्राहकहरूलाई सधैँ समयको आवश्यकता अनुसार रोचक र उपयोगी अफरहरू दिनको लागी समर्पित रहेको छ। हामीले आशा गरेका छौँ कि ग्राहकहरू यस अफरबाट निकै खुसी हुनेछन्।'