arrow

उदयपुरमा जंगली हात्तीको आतंक, ‘ध्रुवे हात्ती’कै जस्तो लक्षण देखाउँदा स्थानीयमा त्रास

logo
केदार कटुवाल
प्रकाशित २०७८ भदौ ९ बुधबार
Udayapur.jpeg

उदयपुर । केही महिना देखि शान्त रहेको जंगली हात्ती आतंक फेरि सुरु भएको छ । बिशेष गरेर मंसिर-पौषमा किसानलाई सताउने गरेको हात्तीले आतंक मच्चाउन थालेको हो ।

उदयपुरको चौदण्डीगढी–९ हडियामा मंगलबार बिहान धर्म र आस्थाको धरोहर शिबपरी डाँडामा रहेको सप्तेश्वर शिव मन्दिरको तीनै तर्फको मन्दिरको पक्की बेरा (वाल) भत्काइ दिएको पूजारी सानुमाया बस्नेतले बताइन । ‘बिहान करिब ३ बजे अजङ्गको हात्ती आयो र मन्दिरको वाल भत्काउन थाल्यो । मैंले भागेर ज्यान बचाएँ,’ उनले भनिन् ।

मन्दिर स्थानीयले सप्ताह ज्ञान महायज्ञ र उनै पुजारीको निजी लगानीमा करिब २० लाखको लागतमा निर्माण भएको हो । त्यस्तै चन्द्र थापा , भक्त विश्वकर्मा र शिव कार्कीको आफू बस्दै आएको घर गोठ भत्काइ दिएको वार्ड सदस्य तेज बहादुर थापाले बताए ।

एकातिर कोरोना कहर र अर्कोतिर मध्य बर्षाको झरीमा हात्तीले दुःख दिन थालेको स्थानीयको गुनासो छ । गत बर्ष जंगली हात्ती आउँदा राँको बालेर, टिन ठठ्ठाउँदा भाग्ने गरेको त्यसरी नै खेद्न खोज्दा मानिसतिर आइलागेको स्थानीयले बताए ।

केही बर्ष अघि चितवनमा खुबै दुख दिएको ‘ध्रुवे हात्ती’ उक्त ठाउँमा प्रवेश गर्दा यस्तै स्वभाव देखाएको र हाल प्रवेश गरेका हात्तीको पनि ठ्याकै स्वभाव मिलेको स्थानिय शिक्षक नारायण बस्नेतले बताए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ