arrow

कोरोना महामारीः पोखरामा १२ जनाको मृत्यु, गण्डकीमा ४९६ जना संक्रमित

logo
हाम्रा कुरा
प्रकाशित २०७८ भदौ ९ बुधबार
gandaki-province-corona.jpg

पोखरा । कोरोना संक्रमणबाट गण्डकी प्रदेशमा आज बुधवार मात्रै १२ जनाको मृत्यु भएको छ । जसमा कास्कीका मात्रै सात जना छन् ।

१२ जनाकै मृत्यु पोखराका विभिन्न अस्पताल र होम आइसोलेशनमा भएको हो । आज मृत्यु हुनेमा स्याङ्जाका दुई, बागलुङ, तनहूँ र पर्वतका एकरएक जना छन् ।

यस्तै, पोखरा १४ की ४८ वर्षकी महिला, पोखरा १० की ९२ वर्षकी महिला, पोखरा २२ का ७७ वर्षका पुरुष, पोखरा २५ का ६५ वर्षका पुरुष, पोखरा १४ का ८२ वर्षका पुरुष, पोखरा ७ का ६८ वर्षका पुरुष र रुपा गाउँपालिकाका ६२ वर्षका पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।

योसहित गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको कूल संख्या १२ सय ५९ जना पुगेको छ । यसैगरी गण्डकीमा आज ४९६ जना कोरोना संक्रमित थपिएका छन् । जसमध्ये सबैभन्दा धेरै कास्कीका १९८ जना रहेका छन् ।

यस्तै हिमाली जिल्लामा मनाङ र मुस्ताङमा पनि आज १६र१६ जना संक्रमित भेटिएको प्रदेश स्वास्थ्य आपतकालिन कार्यसञ्चालन केन्द्रका संयोजक नवराज शर्माले जानकारी दिए । 

यसैगरी म्याग्दीमा आठ, पर्वतमा २५, गोरखामा २१, लमजुङमा चार, तनहुँमा २९, बागलुङमा ५९, स्याङ्जामा २८, नवलपरासी पूर्वमा ९२ जना कोरोना संक्रमित भेटिएको संयोजक शर्माले बताए । 

आज भेटिएकासहित गण्डकीमा कोरोना संक्रमितको कूल संख्या करिब ८० हजार अर्थात ७९ हजार ८९६ जना पुगेको छ । गण्डकीमा पछिल्लो २४ घण्टामा ३८० जना कोरोना संक्रमित निको भएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ