arrow

'नेकपा एकीकृत समाजवादी' विधिवत् रूपमा दर्ता, केन्द्रीय कार्यालय नयाँ वानेश्वरमा

logo
हाम्रा कुरा
प्रकाशित २०७८ भदौ ९ बुधबार
NCP-samajvadI-madhav-party.jpg

काठमाडौं । निर्वाचन आयोगमा माधवकुमार नेपाल नेतृत्वको ‘नेकपा एकीकृत समाजवादी’ विधिवत् रूपमा दर्ता भएको छ। बुधवार दर्ताका लागि एमालेबाट छुट्टिएका २९ सांसद र ५५ केन्द्रीय सदस्यले हस्ताक्षर गरेका थिए।

आयोगले प्रस्तावित दलका पदाधिकारी र केन्द्रीय सदस्यहरूको हेड काउन्ट गर्दै सनाखतका लागि बुधवार आयोगको कार्यालयमा बोलाएको थियो । टुरिष्ट बस चढेर परिचय पत्रसहित नेता नेपालसहित २९ सांसद र ५५ केन्द्रीय सदस्य आयोग पुगेका थिए ।

निर्वाचन आयोगले नेपाल कम्युनिष्ट पार्टी (एमाले) नामक राजनीतिक दलबाट छुट्टिई बनेको नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) नामक राजनीतिक दललाई राजनीतिक दल सम्बन्धी ऐन, २०७३ (दोस्रो संशोधन अध्यादेश, २०७८)को दफा ३३ बमोजिम निर्वाचन आयोगमा दर्ता गर्ने गरी आयोगबाट मिति २०७८-५-९मा निर्णय भएकोले प्रमाणपत्र दिइएको जनाएको छ। दलको केन्द्रीय कार्यालय नयाँ वानेश्वरमा रहेको जनाएको छ। 

नवगठित नेकपा (एकीकृत समाजवादी) ले मुलुक र जनताको समृद्धिको आकाङ्क्षा पूरा गर्न कम्युनिष्ट आन्दोलनलाई पुनर्गठन गर्ने ऐतिहासिक अभियानमा सहभागी हुन अपिल गरेको छ ।

नेकपा एमालेबाट अलग भएका नेताहरू सम्मिलित सो दलका तर्फबाट आज निर्वाचन आयोगमा सनाखत गरिएपछि  प्रलोभन, दबाब, डर र त्रासका बाबजुद विद्रोहमा सामेल हुने पार्टीका सम्पूर्ण नेता तथा कार्यकर्ता सङ्घीय संसद्का सदस्यलगायत सम्पूर्ण समर्थक, शुभचिन्तकमा धन्यवाद ज्ञापन गरिएको छ ।

उता भारतमा उपचार गराइरहेका नेकपा (एकीकृत समाजवादी) का वरिष्ठ नेता झलनाथ खनालले पनि दूतावासमार्फत नयाँ दल दर्ताका लागि निर्वाचन आयोगमा सनाखत गरेका थिए ।

एकीकृत समाजवादीले ३१ सांसद र ६५ केन्द्रीय सदस्य उपस्थित हुने दाबी गरेको थियो। एमालेबाट फुटेर नयाँ दल बनाएका उनीहरूलाई आयोगले सनाखतका लागि बिहान ११ देखि २ बजेसम्मको समय दिएको थियो । 

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ