arrow

सिन्धुपाल्चोकका बाढी प्रभावितलाई बिहीबारदेखि कोरोना विरुद्धको खोप 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ भदौ १० बिहिबार
badhi-sindhupalchowk-melamc.jpg
तस्वीर–फाइल ।

सिन्धुपाल्चोक । हेलम्बु–मेलम्ची बाढी प्रभावित १८ वर्षमाथिका २० हजारका लागि कोरोनाविरुद्धको खोप उपलब्ध गरिएको छ । बिहीबारदेखि सर्वसाधारणले लगाउन मिल्ने गरी खोप केन्द्रमा पठाइसकिएको वरिष्ठ जनस्वास्थ्य अधिकृत दुर्गादत्त चापागाईँले जानकारी दिए । 

सिन्धुपाल्चोकका बाढी प्रभावित पाँचपाखरी थाङपाल गाउँपालिकाका लागि आठ हजार, मेलम्ची नगरपालिकाका लागि सात हजार र हेलम्बु गाउँपालिकाका लागि पाँच हजार मात्रा दुई हजार भायल खोप स्थानीय तहमा यसअघि तोकिएका खोप केन्द्रमा पठाइसकिएको चापागाईँले बताए । बाढी प्रभावितलाई दुई मात्रा लगाउनुपर्ने एस्ट्रोजेनिका सुई लगाउन लागिएको हो । 

खोप नपुगेमा सम्पर्क गर्न पालिकालाई आग्रह गरिएको छ । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ