arrow

शेयर कारोबारमा नेप्से परिसूचक बढ्यो

logo
हाम्रा कुरा
प्रकाशित २०७८ भदौ १० बिहिबार
nepal-stock-exchange-nepse.jpg

काठमाडौं।  बिहीबार धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक बढेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से १७.६ अङ्कले बढेर तीन हजार ९४.०५ मा रहेको छ ।

यस्तै ठुला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ३.६८ विन्दुले बढेर ५७१.६७ पुगेको छ । नेप्सेसँगै कारोबार रकम हिजोको तुलनामा बढेको छ । कूल २ सय ३२ कम्पनीको २ करोड १६ लाख ९० हजार ५ सय ८५ कित्ता शेयर रु १३ अर्ब ४२ करोड १९ लाख ७४ हजार ७ सय ९१ मूल्यमा खरिद बिक्री भए । 

नेप्सेका अनुसार आज कारोबार भएका १३ वटै उपसमूह मध्य आठ उपसमूहको शेयर मूल्यमा गिरावट आएको छ । बैङ्किङ ८.२८, निर्जीवन बिमा ५२.७४, जीवन बिमा १५४.६४, उत्पादन २५.४८,  व्यापार ११.३९, लगानी ०.०३, सामूहिक लगानी कोष ०.०५, अन्य ६.६० विन्दुले ओरालो लागेका छन्। 

त्यसैगरि ५ उपसमूहको शेयर मूल्य उकालो लागेका छन्। विकास बैङ्क २३८.६३, वित्त १२०.२२, होटेल तथा पर्यटन ११.५१, जलविद्युत् १७७.८९, लघुवित्त ३८.७२ विन्दुले उकालो लागेका हुन्। 

कारोबारका आधारमा अरुण भ्याली हाइड्रोपावर शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको रु ९३ करोड ८४ लाख ४० हजार ९ सय  बराबरको कारोबार भयो । यस्तै अरुण कावेली पावरको रु ४५ करोड ६ लाख ७१ हजार ८ सय ४७ , रिडी हाइड्रोपावर रु ३४  करोड ५६ लाख ३० हजार ३ सय ५७, , महालक्ष्मी विकास बैङ्कको रु ३१ करोड ७५ लाख ९२ हजार ९ सय ४१ र कामना सेवा विकास बैङ्कको रु २९ करोड ९५ लाख ३३ हजार ८ सय ६४ बराबरको कारोबार भई शीर्ष स्थानमा रहे ।

नेप्सेका अनुसार नारायणी विकास बैङ्क , श्री ईनभेष्टमेन्ट फाइनान्स, गुहेश्वरी मर्चेन्ट बैङ्क र फाइनान्स, अरुण भ्याली हाइड्रो, कर्पोरेट विकास बैङ्कको शेयर मूल्यमा १० प्रतिशतको वृद्धि भई सकारात्मक सर्किट लाग्यो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ