arrow

एक हप्तामा झण्डै पाँच लाख मात्रा खोप लगाइयो (ईन्फोग्राफ)

logo
हाम्रा कुरा
प्रकाशित २०७८ भदौ १० बिहिबार
Infograph-vaccine-weekly.jpg

काठमडौं। सरकारले देशभरका विभिन्न खोप केन्द्रमार्फत पछिल्लो एक सातामा कोभिड-१९विरुद्धको करिब पाँच लाख मात्रा (डोज) खोप लगाएको छ। सरकारले आगामी चैतसम्म नै सबै नागरिकलाई कोरोना भाइरसविरुद्धको खोप लगाउन सक्ने घोषणा पटक पटक गर्दै आएको छ।

तर, अहिलेसम्मको गतिका आधारमा हेर्ने हो भने, चैतसम्म नै सबै नागरिकलाई खोप लगाउन सक्ने सङ्केत भने देखिएको छैन। स्वास्थ्य मन्त्रालयको तथ्याङ्क अनुसार पछिल्ला ७ दिनमा ४ लाख ९७ हजार १ सय ८९ डोज खोप लगाइएको छ।

अर्थात् दैनिक १ लाख डोज समेत लागेको देखिँदैन। भदौ १० गते अर्थात् आज ७० हजार २६ डोज खोप लगाइएको छ। यस्तै हिजो भदौ ९ गते ६५ हजार ६६ डोज खोप लगाइएको तथ्याङ्क स्वास्थ्य मन्त्रालयको छ।

यस्तै भदौ ८ गतेको तथ्याङ्क नमिल्दा भदौ ७ गते १२ हजार ३ सय ४४ डोज, भदौ ६ गते १७ हजार १ सय २५ डोज, भदौ ५ गते ६१ हजार ५ सय ३७ डोज, भदौ ४ गते १ लाख ८० हजार ८० डोज र भदौ ३ गते ९१ हजार ११ डोज खोप लगाइएको छ।

हालसम्म नेपालमा करिब १ करोड ३० ला डोज खोप भित्रिएको छ। बिहीबारको तथ्याङ्क अनुसार आजसम्म ८९ लाख ३६ हजार ४ सय २२ डोज खोप लगाइ सकिएको छ । झण्डै ४० लाख डोज देशका विभिन्न स्वास्थ्य संस्थामा सञ्चालन एवं भण्डारमा रहेको अवस्था छ।

स्वास्थ्य मन्त्रालयले हाल १८ वर्षमाथिका ७५ प्रतिशत जनसङ्ख्या अर्थात् करिब २ करोड १७ लाख मानिसलाई खोप लगाउने लक्ष्य राखेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ