arrow

पहिरोले नारायणगढ–मुग्लिन सडक अवरुद्ध

logo
हाम्रा कुरा
प्रकाशित २०७८ भदौ ११ शुक्रबार
narayanghad-mugling-pahiro.jpg
तस्वीर–फाइल ।

चिवतन । बिहीबार राति नारायणगढ–मुग्लिन सडकखण्डको सेती दोभानमा खसेको पहिरो पन्छाउन बिहान १०ः०० बजेसम्म समय लाग्ने भएको छ । सो सडकको सेती दोभानमा राति ८ः२० बजेको समयमा ठूलो पहिरो खसेको थियो ।

डिभिजन सडक कार्यालयका सूचना अपिकारी इं शिव खनालका अनुसार शुक्रबार  बिहान ५ः३० बजेबाट पहिरो पन्छाउन थालिएको छ । उनले भने, “थप पहिरो नखसे बिहान १०ः०० बजेसम्म पहिरो पन्छाएर सकिन्छ ।” अबिरल वर्षापछि यहाँ पहिरो खसेको हो । सडक अवरुद्ध भएसँगै यातायातका साधन रोकिएका छन् । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ