arrow

मनसुनको मनोमानी

देशैभर वर्षा, कहाँ कति ? शनिबारबाट मौसममा सुधार 

उपत्यकामा चिसो हावा

logo
हाम्रा कुरा
प्रकाशित २०७८ भदौ ११ शुक्रबार
duban-rupendehi.jpg
तस्वीर–वर्षाले जलमग्न रुपन्देहीको सैनामैना नगरपालिका १ स्थित सोरौली दक्षिण क्षेत्र, रासस ।

काठमाडौं । केही दिनदेखि देशैभर वर्षा भएको छ । वर्षाका कारण कतै पहिरो गएको छ त कतै डुबान भएको छ । यसका कारण थुप्रैको क्षति भएको छ । धेरैजसो राजमार्गहरु अवरुद्ध भएका छन् । 

सबैभन्दा बढी भैरहवामा १६५.२ मिलिमिटर वर्षा भएको छ । रुपन्देहीका विभिन्न स्थानहरु डुवानमा परेका छन् । त्यस्तै विरेन्द्रनगरमा १०४.३ मिलिमिटर वर्षा भएको छ । नेपालगञ्जमा ७६.४ मिलिमिटर वर्षा भएको छ । नेपालगञ्जमा विभिन्न क्षेत्र पनि डुवानमा परेकाले जनजीवन अस्तव्यस्त भएको छ । 

पोखरामा ७०.८ मिलिमिटर वर्षा भएको छ । काठमाडौंमा पनि निरन्तर वर्षा भइरहेको छ । काठमाडौंमा चिसो हावा लागेको छ । काठमाडौंमा ४१.५ मिलिमिटर वर्षा भएको छ । 

ओखलढुङ्गामा ४३.२ मिलिमिटर वर्षा भएको छ । जनकपुर पनि डुवानमा परेको छ । त्यहाँ ५९.४ मिलिमिटर वर्षा भएको छ । ताप्लेजुङ्गमा २२.४, दाङको घोराही पनि डुवानमा परेको छ । त्यहाँ ३९.४ मिलिमिटर वर्षा भएको छ । 

सिमरा पनि डुवानमा परेको छ । त्यहाँ ३२ मिलिमिटर वर्षा भएको छ । त्यस्तै धनकुटामा १४, विराटनगरमा २.८, जुम्लामा ०.७, धनगढीमा २१.६, डडेलधुरामा १७.९ तथा दिपायलमा ३.३ मिलिमिटर वर्षा भएको छ । 

यसैबीच, विगत केही दिन अगाडिबाट सक्रिय रहेको मनसुन शनिबारदेखि केही कमजोर हुने भएको छ । न्यून चापीय रेखा शुक्रबार रातिदेखि केही तल सर्ने भएकाले मनसुनी गतिविधिको प्रभाव अलि कम हुने भएको हो ।

शनिबारदेखि नेपालको पूर्वी भागबाट मौसम क्रमिक सुधार हुँदै जाने सम्भावना रहेको जल तथा मौसम  विज्ञान विभागका वरिष्ठ मौसमविद् मीनकुमार अर्यालले बताए । “मौसममा सुधार हुने भनेर पानी नै नपर्ने हुँदैन, मनसुनको समय अझै बाँकी छ, विगत केही दिन अगाडिको जस्तै लगातारको झरी भने कम हुनेछ”, उनले भने ।

देशभर सामान्यदेखि पूर्ण बदली तथा हल्कादेखि मध्यम र केही स्थानमा भारी वर्षाको सम्भावना कायमै रहनेछ । हाल बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशमा सामान्यदेखि पूर्ण बदली रही बाँकी भू–भागमा सामान्य बदली रहेको छ । त्यस्तै प्रदेश नं १, बागमती, गण्डकी तथा कर्णाली प्रदेशका धेरै स्थानमा  मेघगर्जनसहित हल्कादेखि मध्यम खालको वर्षा भइरहेको छ ।

देशका अधिकांश भू–भागमा सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना साथै प्रदेश नं १, २, बागमती, गण्डकी, लुम्बिनी प्रदेशका केही र सुदूरपश्चिम तथा कर्णाली प्रदेशका एक–दुई स्थानमा मेघगर्जनसहित भारी वर्षाको सम्भावना रहेको बताइएको छ ।

मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार शुक्रबार काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम १९ दशमलव तीन डिग्री र अधिकतम तापक्रम २६ दशमलव पाँच डिग्री सेल्सियस रहेको छ । 

त्यस्तै शुक्रबार सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम १७ दशमलव दुई डिग्री र सबैभन्दा धेरै धनगढीको अधिकतम तापक्रम ३३ दशमलव शून्य डिग्री सेल्सियस रहेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ