arrow

सिटी एक्सप्रेस मनी ट्रान्सफर र अल मुल्लाह एक्सचेन्जबीच रेमिटान्स कारोबार सुरु

logo
हाम्रा कुरा
प्रकाशित २०७८ भदौ ११ शुक्रबार
city-express-all-mulla.jpg

काठमाडौँ। कुवेतको ख्यातिप्राप्त अल मुल्लाह एक्सचेन्ज र सिटी एक्सप्रेस मनी ट्रान्सफरबीच रेमिटान्स कारोबार सुरु भएको छ। कुवेतमा रहेका नेपालीहरूले अल मुल्लाह एक्सचेन्जको सेवा प्रयोग गरी सिटी एक्सप्रेस मार्फत सजिलै आफ्नो आफन्तलाई नेपालमा पैसा पठाउन सक्ने जनाइएको छ।

अल मुल्लाह एक्सचेन्ज  कुवेतको पहिलो मोबाइल एप्लिकेशन सुरु गर्ने रेमिटान्स कम्पनी हो जसका १०२ स्थानहरूमा आफ्ना शाखाहरू रहेका छन्।

नेपालमा सिटी एक्सप्रेससँग आबद्ध १२,००० भन्दा बढी एजेन्टहरूबाट सजिलै भुक्तानी लिन सकिने र नेपालको जुनसुकै बैङ्कको खातामा पनि रकम जम्मा गर्न सकिने र मोबाइल वालेटमा लोड गर्न सकिने सिटी एक्सप्रेसले जनाएको छ।

सिटी एक्सप्रेसले रेमिटान्स क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउँदै विगत १५ वर्षदेखि संसार भरबाट विप्रेषण सेवा प्रदान गर्दै आइरहेको छ। आन्तरिक विप्रेषण अन्तर्गत सिटी एक्सप्रेसका देशभर छरिएर रहेका १२,००० भन्दा बढी भुक्तानी केन्द्रहरू मार्फत छिटो, सहज र सुरक्षित तरिकाले भुक्तानी प्रदान गर्ने, कुनै पनि बैङ्कको खातामा रकम जम्मा गर्ने र मोबाइल वालेटमा लोड गर्न सकिने जस्ता सुविधाहरू प्रदान गर्दै आइरहेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ