- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं। पछिल्लो एक साता (भदौ ४ देखि १०गतेसम्म)मा ९९ हजार ४५ जनाको नमुना परीक्षण गरिएको छ । यीमध्ये १७ हजार १ सय १८ जनामा कोभिड-१९को सङ्क्रमण पुष्टि भएको छ ।
स्वास्थ्य मन्त्रालयको तथ्याङ्कका आधारमा औसतमा पछिल्लो एक सातामा नेपालमा कोभिड-१९ को सङ्क्रमण दर १७.२८ प्रतिशत देखिएको छ ।
यसै अवधिमा १४ हजार ५ सय ९४ जना कोभिड-१९को सङ्क्रमणबाट मुक्त भएका छन् । यस्तै सात दिनको अवधिमा २ सय ९ जना सङ्क्रमितको मृत्यु भएको छ ।
गत साता साउन २२ देखि भदौ ३ गतेसम्ममा १ लाख १० हजार ८ सय ३७ जनाको नमुना परीक्षण गरिएको थियो ।
परीक्षण गरिएका मध्ये २१ हजार ९ सय ५४ जनामा कोभिड-१९को सङ्क्रमण पुष्टि भएको थियो ।
यसरी, गत साता नेपालमा कोभिड-१९ को सङ्क्रमण दर १९.८० प्रतिशत देखिएको थियो । त्यसअघि साउन २२ देखि २८ गतेसम्ममा सङ्क्रमण दर २२.६४ प्रतिशत देखिएको थियो ।
गत साता २ सय १७ सङ्क्रमितको मृत्यु भएको थियो भने यो साता २०७ सङ्क्रमितको मृत्यु भएको छ । मृत्युदर भने उल्लेख्य रूपमा घटेको देखिँदैन ।
यो साता कोभिड-१९को सङ्क्रमण दर गत साताको भन्दा भण्डै २ प्रतिशतले घटेको देखिएको छ । गत साता समेत सङ्क्रमण दर झण्डै तीन प्रतिशतले घटेको थियो ।
यसरी हेर्दा निरन्तर दुई सातायता कोभिड-१९को सङ्क्रमण दर कम भएको देखिन्छ । यद्यपि, सङ्क्रमणको जोखिम भने उच्च रहेको छ ।