arrow

नेपाल भाषाका कवि वैद्यको संक्रमणबाट निधन

logo
हाम्रा कुरा
प्रकाशित २०७८ भदौ ११ शुक्रबार
corona-virus-awareness.jpg

काठमाडौँ । नेपाल भाषाका चर्चित आधुनिक कवि पूर्ण वैद्यको बिहीबार निधन भयो । भदौ २ गते अस्वस्थ भएपछि उनलाई ललितपुरस्थित निदान अस्पताल भर्ना गरिएको थियो । उनमा कोरोना सङ्क्रमण पनि पुष्टि भएको थियो ।
    
उनको जन्म १९९७ साल जनैपूर्णिमाका दिन भक्तपुरको चोछेँ टोलमा भएको थियो । ‘सरासू’ कविता सङ्ग्रहका लागि २०२१ सालमा उनलाई नेपाल भाषाको पहिलो साहित्यिक पुरस्कार ‘श्रेष्ठ सिरपाः’ प्रदान गरिएको थियो । 

विसं २०७६ मा उन न्हूजः प्रगतिशील साहित्य पुरस्कारबाट पनि पुरस्कृत भए । थुप्रै पुस्तक लेखेका उनको ‘लः लः खः’ शीर्षक कविता सङ्ग्रहको अङ्ग्रेजी भाषानुवाद भएको छ । 
    
दिवङ्गत वैद्यको आज पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने जानकारी परिवारजनले दिएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ