arrow

कोरोना महामारी पोखरामा ६ जनाको मृत्यु, गण्डकीमा ३ सय ५० जना सङ्क्रमित

logo
हरि पन्त,
प्रकाशित २०७८ भदौ ११ शुक्रबार
gandaki-province-corona.jpg

पोखरा । कोरोना सङ्क्रमणका कारण पोखरामा आज ६ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमध्ये पोखराका तीन जना, स्याङ्जाका दुई जना र पर्वतका एक जना छन् । योसहित गण्डकी प्रदेशमा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या १२ सय ७४ जना पुगेको छ । 

यसैबीच गण्डकी प्रदेशमा पछिल्लो २४ घण्टामा ३५० जना कोरोना भाइरस सङ्क्रमित थपिएका छन् । जसमध्ये सबैभन्दा धेरै कास्कीका १९० जना रहेका छन् । 

आज पर्वतमा सात, गोरखामा २२, लमजुङमा सात, तनहुँमा ३५, बागलुङमा पाँच, स्याङ्जामा २६ र नवलपरासी पूर्वमा ५८ जना कोरोना सङ्क्रमित भेटिएको प्रदेश स्वास्थ्य आपतकालिन कार्य सञ्चालन केन्द्रका संयोजक नवराज शर्माले जानकारी दिए ।

शर्माका अनुसार पछिल्लो २४ घण्टामा गण्डकीमा ५४५ जना कोरोना सङ्क्रमित निको भएका छन् । आजको अन्तिम तथ्याङ्क अनुसार गण्डकीमा सक्रिय सङ्क्रमितको सङ्ख्या ३८ सय ६० जना छन् । 

तथ्याङ्क हेर्दा गण्डकीमा एक सातादेखि सक्रिय सङ्क्रमितको सङ्ख्या ह्वात्तै घटेको देखिन्छ । गण्डकीमा अघिल्लो शुक्रवार ५६ सय चार जना सक्रिय सङ्क्रमित रहेका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ