arrow

२९ बुँदे सम्झौता भएसँगै नेपाल टेलिकममा कर्मचारीको आन्दोलन स्थगित

logo
हाम्रा कुरा
प्रकाशित २०७८ भदौ १२ शनिबार
Nepal-Telecom-NTC.png

काठमाडौँ । एक महिनाभन्दा लामो समयसम्म चलेको नेपाल टेलिकमका कर्मचारी आन्दोलन स्थगित भएको छ । शुक्रवार राति कम्पनीको व्यवस्थापन पक्ष, कर्मचारी युनियन र सञ्चार मन्त्रालयको समन्वयमा २९ बुँदे सम्झौता भएसँगै आन्दोलन स्थगित भएको हो ।

सूचना तथा सञ्चार मन्त्रालयका सचिव वैकुण्ठ अर्यालको अग्रसरता कम्पनीमा सम्झौता भएको हो । विनियमावली प्रतिको असन्तुष्टि, कम्पनीको निरन्तर घट्दो राजस्व र अडिट एवं विभिन्न ठुलो परियोजनाबाट फाइदा नभइरहेको विषयलाई लिएर कर्मचारीहरू आन्दोलित रहेका थिए ।

शुक्रवार राति भएको सम्झौतासँगै कर्मचारीहरूले आन्दोलन स्थगित गरेका हुन् । यसअघि नै पनि सम्झौता भइसकेको तर, कार्यान्वयन नगरी विनियमावली स्वीकृत भएपछि कर्मचारीहरू आन्दोलनमा आएका थिए ।  यस पटक भने अब, सम्झौता कार्यान्वयन हुनेमा आफूहरू विश्वस्त रहेको कर्मचारीहरूले बताएका छन् ।

 

यस्ताे छ सम्झाैता र विज्ञप्ती :



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ