arrow

कोरोना महामारीः गण्डकीमा १० जनाको मृत्यु

logo
हाम्रा कुरा
प्रकाशित २०७८ भदौ १२ शनिबार
Corona-death-covid-nepal.jpg

काठमाडौं । गण्डकी प्रदेशमा कारोना संक्रमणबाट एकै दिन १० जनाको मृत्यु भएको छ । प्रदेशका विभिन्न अस्पतालमा उपचाररत १० जना कोरोना संक्रमितको मृत्यु भएको हो । मृत्यु हुनेमा कास्कीमा चार, नवलपरासी पूर्वमा पाँच र स्याङजामा एक जना रहेको प्रदेश स्वास्थ्य आपतकालिन कार्य सञ्चालन केन्द्रका संयोजक नवराज शर्माले जानकारी दिए ।

उनका अनुसार मृत्यु हुनेमा पोखरा २७ का ८२ वर्षीय पुरुष, पोखरा १७ का ९२ वर्षीय पुरुष, पोखरा १० की ५२ वर्षीय महिला, पोखरा १७ की ५८ वर्षीय महिला र स्याङजा पुतलीबजार ५ की ७० वर्षीय महिला छन् ।

यस्तै, नवलपरासी पूर्वको कावासोती ११ की ६२ वर्षीय महिला, कावासोती ३ की ५६ वर्षीय महिला, कावासोती ९ की ५३ वर्षीय महिला, कावासोती १६ का ४८ वर्षीय पुरुष र कावासोती  ९ का ८० वर्षीय पुरुषको विभिन्न अस्पतालमा उपचारका क्रममा निधन भएको छ । 

योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १२ सय ८४ जना पुगेको छ ।

यसैबीच गण्डकी प्रदेशमा थप ३०४ जना संक्रमित थपिएका छन् । प्रदेशमा ९५८ जनामा गरिएको नमूना परीक्षणमा ३०४ जनामा संक्रमण देखिएको हो । संक्रमितमध्ये १३६ महिला र १६८ जना पुरुष छन् ।

प्रदेशका सात वटा जिल्लामा गरिएको नमूना परीक्षणमा सवै भन्दा धेरै कास्कीमा संक्रमित भेटिएको प्रदेश स्वास्थ्य केन्द्रका संयोजक शर्माले बताए ।

कास्की १८८, स्याङ्जा १६, म्याग्दी ६, लमजुङ १२, तनहुँमा २९ र नवलपरासी पूर्वमा ५३ जनामा संक्रमण देखिएको प्रमुख शर्माले जानकारी दिए । योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ८० हजार ८७८ पुगेको छ । गण्डकी प्रदेशमा हालसम्म ७५ हजार ८९६ जना कोरोना भाइरस संक्रमणमुक्त भएका छन् ।

प्रदेशमा एकै दिन संक्रमणमुक्त हुनेको संख्या ४५६ पुगेको छ । गण्डकीमा सक्रिय कोरोना संक्रमितको संख्या ३ हजार ६९८ रहेको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ