arrow

मंगलबारसम्मै वर्षा हुने, पाँच प्रदेशमा वर्षा जारी, दिउँसो सबै प्रदेशमा पुग्ने

logo
हाम्रा कुरा
प्रकाशित २०७८ भदौ १३ आइतबार
raining.jpeg
तस्वीर–फाइल ।

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले आगामी मंगलबारसम्म नै नेपालमा वर्षा हुने जनाएको छ । शनिबारदेखि मौसममा सुधार हुने बताइए पनि सुधार हुन सकेको छैन । निरन्तर वर्षा भइरहेको छ । 

आइतबार बिहान जारी गरेको बुलेटिनमा महाशाखाले मंगलबारसम्म नै वर्षा हुने प्रक्षेपण गरेको हो । हाल नेपालमा मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्युन चापिय रेखा नेपालको तराई भूभाग नजिक रहेको छ।

 हाल देशभर सामान्य देखि पूर्ण बदली रहेको छ । प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केही  स्थानहरूमा  हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

महाशाखाले दिउँसो देशका अधिकांस भूभागमा सामान्य देखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जनाएको छ । प्रदेश १,  गण्डकी, लुम्बिनी , कर्णाली र सुदुरपश्चिम प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन–चट्याङ्ग सहित भारी सम्भावना रहेको उसले जनाएको छ ।

त्यस्तै राति देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, बागमती, कर्णाली  र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन–चट्याङ्गसहित भारी वर्षाको सम्भावना रहेको छ ।

यस्तो छ सोमबार भदौ १४ गतेको पूर्वानुमान 
दिउँसो देशका अधिकांश भूभागमा सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश नं १, बागमती प्रदेश, गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा मेघ गर्जन, चट्याङ्गसहित भारी–धेरै भारी सम्भावना रहेको छ।

राति देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका एक दुई स्थानमा मेघ गर्जन, चट्याङ्गसहित भारी वर्षाको सम्भावना रहेको छ ।

यस्तो छ मंगलबार भदौ १५ गतेको पूर्वानुमान
दिउँसो देशका अधिकांश भूभागमा सामान्यदेखि पूर्ण बदली रही केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।  प्रदेश नं १, बागमती प्रदेश, गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा मेघ गर्जन–चट्याङ्ग सहित भारी वर्षाको सम्भावना रहेको छ।

राति देशभर सामान्यदेखि पूर्ण बदली रही केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका एक दुई स्थानमा मेघ गर्जन, चट्याङ्गसहित भारी वर्षाको सम्भावना रहेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ