arrow

भारतमा लगातार चौथो दिन कोरोना संक्रमित ४० हजार बढी, केरलमा कर्फयू

logo
हाम्रा कुरा
प्रकाशित २०७८ भदौ १३ आइतबार
corona-india-keral.jpg

काठमाडौं । भारतमा लगातार चौथो दिन कोरोना संक्रमित ४० हजार भन्दा बढी थपिएका छन् । यसरी निरन्तर संक्रमित बढ्दै गएपछि तेस्रो लहरको नजिक रहेको पनि बताइन्छ । कोरोना संक्रमित बढेसँगै केरलमा कर्फयू जारी गरिने भएको छ ।  

केरलमा अर्को हप्तादेखि कर्फयू लगाउने बताइएको हो । केरलमा दैनिक ३० हजार भन्दा बढी संक्रमित थपिँदै गएपछि रात्रिकालीन कर्फयू लगाइएको हो । केरलमा शनिबार ३१ हजार २६५ संक्रमित थपिए । जबकि भारतभर शनिबार ४५ हजार ५० संक्रमित थपिएका छन् । 

योसँगै सक्रिय संक्रमित बढेर ३ लाख ६२ हजार ४२४ पुगेका छन् । जबकि यो संख्या तीन लाखमा झरेको थियो । सक्रिय संक्रमितमध्ये केरलका मात्रै २ लाख ४ हजार ९२३ जना हुन् । 

शनिबार ३५ हजार ८०५ जनालाई निको भएको छ । शनिबार ४५७ जनाको ज्यान गएको छ । अहिलेसम्म ४ लाख ३७ हजार ८६० जनाको ज्यान गइसकेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ