arrow

कोरोना अपडेट : सक्रिय सङ्क्रमितको सङ्ख्या करिब ३६ हजार, २४ जनाको मृत्यु

logo
हाम्रा कुरा
प्रकाशित २०७८ भदौ १३ आइतबार
corona-nepal-1618404789.jpg

काठमाडौं। पछिल्ला केही दिनयता नयाँ थपिने सङ्क्रमितको सङ्ख्या कम हुँदै गएको छ । गत साता ४० हजार पुगेको सक्रिय सङ्क्रमित सङ्ख्या आइतबार अर्थात् आज ३५ हजार ७ सयमा झरेको छ । पछिल्लो २४ घण्टामा थप १ हजार ३ सय ८८ जनामा कोभिड १९ को सङ्क्रमण पुष्टि भएको छ । 

योसँगै हालसम्म पिसिआर विधिबाट ७ लाख ५९ हजार २ सय २२ जनामा र एन्टिजेन विधिबाट ८२ हजार ९ सय ७१ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । 

यस्तै पछिल्लो २४ घण्टामा थप २ हजार २ सय ६० जना कोभिड१९को सङ्क्रमणमुक्त भएका छन् । योसँगै हालसम्म सङ्क्रमणमुक्त हुनेको सङ्ख्या ७ लाख १२ हजार ७ सय १२ पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा २४ जनाको मृत्यु भएको छ । योसँगै हालसम्म मृत्यु हुनेको सङ्ख्या  १० हजार ७ सय १४ पुगेको छ। पछिल्लो २४ घण्टामा १० हजार २ सय ९७ जनाको नमुना परीक्षण गरिएको छ ।

हाल ६ सय २५ जनाको आइसियु र १ सय ६७ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ । हाल सक्रिय सङ्क्रमित सङ्ख्या ३५ हजार ७ सय ९६ रहेको छ ।



नयाँ