हुथी विद्रोहीहरूको आक्रमणमा परेर यमनमा ३० को मृत्यु, ६० घाइते
हाम्रा कुरा
प्रकाशित २०७८ भदौ १३ आइतबार
1.3k
Shares
काठमाडौं। यमनमा हुथी समूहले गरेको आक्रमणमा परेर ज्यान गुमाउनेको सङ्ख्या ३० पुगेको छ भने, कम्तीमा ६० जना घाइते भएको बताइएको छ । यमन सरकारको नियन्त्रणमा रहेको दक्षिणी प्रान्त लाहिजको अल अनाद एयर बेसमा हुथी समूहले ड्राेन र बालास्टिक मिसाइलबाट आक्रमण गरेको हो ।
सैनिक चिकित्सकले घटना लगत्तै दिएको प्रतिक्रियामा सात जनाको मृत्यु भएको बताएपनि अस्पतालमा पुगेका अन्य २३ जनाको पनि उपचारका क्रममा मृत्यु भएको बताएका छन् । घाइतेमध्ये अझै केहीको स्वास्थ्य अवस्था गम्भीर रहेकोले मृतक सङ्ख्या अझै बढ्नसक्ने उनीहरूले बताए ।
साे क्रममा बिहानको व्यायाम गरिरहेका सैनिकहरूले ज्यान गुमाएका हुन् । सन् २०१४ यता यमनमा द्वन्द्व चर्किएको छ । यसैबीच पछिल्लो समयको यो एक ठुलो आक्रमण हो ।
यद्यपि, हुथी समूहको आक्रमणका कारण ठ्याक्कै कति जनाले ज्यान गुमाएको र घाइते भएका छन्, भन्नेबारे आधिकारिक जानकारी भने अधिकारीहरूले दिएका छैनन्। आक्रमणबारे विद्रोही समूहले पनि कुनै प्रतिक्रिया दिएको छैन ।