arrow

हुथी विद्रोहीहरूको आक्रमणमा परेर यमनमा ३० को मृत्यु, ६० घाइते

logo
हाम्रा कुरा
प्रकाशित २०७८ भदौ १३ आइतबार
yemen-missile-saudi.jpg

काठमाडौं। यमनमा हुथी समूहले गरेको आक्रमणमा परेर ज्यान गुमाउनेको सङ्ख्या ३० पुगेको छ भने, कम्तीमा ६० जना घाइते भएको बताइएको छ । यमन सरकारको नियन्त्रणमा रहेको दक्षिणी प्रान्त लाहिजको अल अनाद एयर बेसमा हुथी समूहले ड्राेन र बालास्टिक मिसाइलबाट आक्रमण गरेको हो । 

सैनिक चिकित्सकले घटना लगत्तै दिएको प्रतिक्रियामा सात जनाको मृत्यु भएको बताएपनि अस्पतालमा पुगेका अन्य २३ जनाको पनि उपचारका क्रममा मृत्यु भएको बताएका छन् । घाइतेमध्ये अझै केहीको स्वास्थ्य अवस्था गम्भीर रहेकोले मृतक सङ्ख्या अझै बढ्नसक्ने उनीहरूले बताए । 

साे क्रममा बिहानको व्यायाम गरिरहेका सैनिकहरूले ज्यान गुमाएका हुन् । सन् २०१४ यता यमनमा द्वन्द्व चर्किएको छ । यसैबीच पछिल्लो समयको यो एक ठुलो आक्रमण हो ।

यद्यपि, हुथी समूहको आक्रमणका कारण ठ्याक्कै कति जनाले ज्यान गुमाएको र घाइते भएका छन्, भन्नेबारे आधिकारिक जानकारी भने अधिकारीहरूले दिएका छैनन्। आक्रमणबारे विद्रोही समूहले पनि कुनै प्रतिक्रिया दिएको छैन ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ