arrow

निर्वाण चौधरीसँग ग्लोबल २० अन्डर २० को अन्तरक्रिया

logo
हाम्रा कुरा
प्रकाशित २०७८ भदौ १४ सोमबार
gogal-teen-nirvana chaudhary-interact.jpg

काठमाडौँ। किशोर किशोरी हरूमा भएको प्रेरणा र उत्साहलाई प्रस्फुटन गरी उनीहरूले समाजमा गरेको प्रभावकारी कार्यलाई कदर र अरू माझ चिनाउने कार्यक्रम ‘वाई वाई ग्लोबल टिन हिरो नेपालको सातौँ संस्करणमा छानिएका उत्कृष्ट किशोर किशोरी हरूका लागि ५ दिने लामो क्षमता निर्माण कार्यशाला समापन भएको छ।

देश भरिका प्रतिभावान् किशोरकिशोरीहरूलाई एकै साथ ल्याउन यस वर्ष ग्लोबल टिन हिरो नेपाल २०२१ को मुख्य साझेदारको रूपमा वाई वाई, जोडिएको छ। यसै अन्तर्गत किशोर किशोरी हरूले सिजी कोर् ग्लोबलका प्रबन्ध निर्देशक निर्वाण चौधरीसँग अन्तरक्रिया गरेका थिए।

उनले आफूलाई किशोरकिशोरीहरूबाट प्रेरणा मिलेको र सधेँव उनीहरूको कार्यमा सहयोग गर्ने कुरा बताए। यिनै प्रतिभावना किशोरकिशोरीहरूसँग अन्तरक्रिया गर्न पाउँदा गौरव महसुस भएको पनि चौधरीले बताए।

हाम्रो समाज र देशको सुधारको लागी युवाहरूको योगदान अपरिहार्य रहेको कुरा पनि बयान गरेका थिए। सबैको आफ्नो जीवनमा उद्देश्य हुन्छ, र एक आफ्नो लक्ष्य पुरा गर्नका लागी निरन्तर मेहनत एवम् लगनशीलता महत्त्वपूर्ण हुने कुरा बताए।

अहिलेको समयमा साझेदारी एवम् सहकार्य जरुरी भएको कुरा विश्लेषण गर्दै आफ्नो सपनालाई पुरा गर्न एवम् अगाडि बढ्न प्रोत्साहन गरे। उनले किशोर किशोरी हरुलाई राम्रो नेटवर्किङ निर्माण गर्न प्रेरित पनि गरे।

तपाईँको नेटवर्क तपाईँको नेट वर्थ हो एक उद्धरण दिँदै उनले किशोरकिशोरीहरुलाई सम्भावित सहयोगको अन्वेषण गर्न र आफ्नो देश विकासमा लागि कार्य गर्दै आफू र आफ्नो भावी पुस्ताको लागी एक राम्रो भविष्य निर्माण गर्न आग्रह उक्त अन्तर्क्रिया  गरेका थिए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ