arrow

ईआईएसए अवार्डस्मा एलजीलाई पाँच वटा पुरस्कार

logo
हाम्रा कुरा
प्रकाशित २०७८ भदौ १४ सोमबार
lg-oled-evo-tv.jpg

काठमाडौँ। एलजीले एक्सपर्ट इमेजिङ एन्ड साउन्ड एसोसिएसन (ईआईएसए) अवार्डस्मा पाँच वटा पुरस्कार जित्न सफल भएको छ। आफ्नो सफलताको प्रभावशाली कीर्तिमान थप्ने क्रममा एलजीका पाँच घरेलु मनोरञ्जनका आविष्कारहरूले पुरस्कार सिजनमा प्रशंसा कमाइरहेका हुन्। एलजीको ६५ इन्चको जी वान ओएलईडी टिभीले सर्वश्रेष्ठ प्रिमियम ओएलईडी टिभी २०२१–२०२२ को अवार्ड जितेको हो।

एलजी ओएलईडी टिभीको लागि यो लगातार १०औँ वर्षको प्रशंसाको प्रतीक हो । त्यस्तै एलजीको ४८ इन्चको सी वान ओएलईडी टिभीले ईआईएसए के पहिलो सबैभन्दा राम्रो गेमिगं टिभी अवार्ड जित्यो।

त्यस्तै यस वर्षको ईआईएसए एट के टिभी सम्मान एलजी क्यूएनईडी मिनी एलईडीले जित्यो। जसले अधिक विवरण र अधिक सटिक रङ्गहरू प्रदान गर्दछ। त्यस्तै साउन्डबार श्रेणीमा एलजी ईक्लेयरले ईआईएसए साउन्डबार इनोभेसन अवार्ड जितेको छ।

एलजीका लागि पहिलो ईआईएसए इन एयर हेडफोन्सको कोटीमा एलजी टोन फ्री इयरबड्सले उत्कृष्ट ध्वनिको अवार्ड जितेको छ। जसका उन्नत सुविधाहरू अन्य कुनै टीडब्ल्यूएस उत्पादनमा पाइएको छैन।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ