arrow

कोभिड-१९विरुद्धको ९१ लाख डोज खोप लाग्यो, यस्तो छ प्रदेश अनुसार विवरण

logo
हाम्रा कुरा
प्रकाशित २०७८ भदौ १४ सोमबार
Infograph-vaccine-province.jpg

काठमाडौं । हालसम्म देशभर कोभिड१९विरुद्धको ९० लाख भन्दा बढी डोज (मात्रा) खोप सञ्चालनमा आएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार हालसम्म नेपालमा कोरोना भाइरसविरुद्धको करिब १ करोड ३० लाख डोज खोप भित्रिएको छ। यसमध्ये ९१ लाख १६ हजार २ सय ८७ डोज खोप लागेको हो ।

९१ लाखमध्ये ५० लाख ६३ हजार ५ सय २२ जनाले एक डोज र ४० लाख ५१ हजार ७ सय ६५ जनाले पूर्ण खोप लगाएका छन् । 

सरकारले १८ वर्षमाथिका २ करोड १७ लाख मानिसलाई खोप लगाउने प्रारम्भिक लक्ष्य राखेको छ । २ करोड १७ लाखमध्ये ४० लाख ५१ हजार अर्थात् करिब १८.६७ प्रतिशतले खोप लगाइसकेका हुन् ।

कुन प्रदेशमा कति जनाले लगाए खोप ?

सबैभन्दा बढी खोप लगाउनेको सङ्ख्या बागमती प्रदेशमा रहेको छ । बागमती प्रदेशमा १८ लाख ४५ हजार ८ सय ३६ जनाले एक डोज र १५ लाख ५५ हजार ६ सय २१ जनाले खोपको पूर्ण मात्रा लगाएका छन् ।

दोस्रोमा लुम्बिनी प्रदेशमा ७  लाख ५ हजार ५३ सय ३९ जनाले एक डोज र ७ लाख ९४ हजार ९ सय ७७ जनाले खोपको पूर्ण मात्रा लगाएका छन् ।

यस्तै प्रदेश १ मा ६ लाख ७० हजार ४ सय ११ जनाले एक मात्रा र ३ लाख २६ हजार ९ सय ६४ जनाले खोपको पूर्ण मात्रा लगाएका छन् ।

प्रदेश नम्बर २ मा ६ लाख ४७ हजार ५ सय ६८ जनाले एक मात्रा र ३ लाख ९४ हजार ९ सय ४ जनाले खोपको पूर्ण मात्रा लगाएका छन् ।

यस्तै गण्डकी प्रदेशमा ४ लाख ८१ हजार ५ सय ७३ जनाले एक मात्रा र ४ लख २७ हजार ९४ जनाले खोपको पूर्ण मात्रा लगाएका छन् ।

सुदूरपश्चिम प्रदेशमा ४ लाख ६५ हजार ३ सय ६ जनाले एक मात्रा र ३ लाख ८० हजार १ सय ७७ जनाले खोपको पूर्ण मात्रा लगाएका छन् ।

कर्णाली प्रदेशमा २ लाख ४७ हजार ४ सय ८९ जनाले एक मात्रा र १ लाख ७३ हजार २८ जनाले खोपको पूर्ण मात्रा लगाएका छन् । 



नयाँ