- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
रुपन्देही। बुटवल उपमहानगरपालिका वडा-४ज्योतिनगर यतिवेला पहिरोको विपत्तिमा परेको छ । केही दिनयता निरन्तर हुदै आएको वर्षाले आइतबार बिहान देखि ज्योतिनगरमा पहिरो जान थालेको र पानी पर्ने क्रम अझै जारी रहेकाले सोमबार आज थप घरहरूमा क्षति पुगेको छ ।
पहिरो क्षेत्रमा खटिएको प्रहरी टोलीका अनुसार पहिरोले समाचार तयार पार्दा सम्म सो स्थानका ८ घरमा क्षति पुगेको र २२ घर विस्थापित हुन पुगेको छ ।
स्थानीय टेक वहादुर सालुको घर पहिरोले पुरिएको छ । आइतबार बिहान आएको पहिरो बाट मानवीय क्षति नभए पनि तर स्थानीयहरू त्रसित हुन पुगेका छन् । पहिरोले घर पुर्णरुपमा क्षति हुन पुगेका पहिरो पीडित सारुले भने, घर भित्र पहिरो पसेको छ, केही सामान निकाले पनि तर सबै सामान निकाल्न नसकिएको बताए ।
एक तले घर पहिरोले पुरिएपछि सारु अहिले बुटवल को गोलपार्कमा भाडामा बस्न थालेको बताए । त्यस्तै, खिमा घर्ती पनि पहिरोको पिडामा छिन् । सामान निकाल्न समेत नपाएकी घर्तीले घर छोडेर विस्थापित हुन परेको पिडा सुनाउन, । उनी भन्छिन् अब कहाँ गएर बस्ने, के खाने ।
कोरोना महामारीले गर्दा लकडाउनले आर्थिक रूपमा अस्तव्यस्त भएका नागरिकहरू थप पहिरोको पिडामा परेका छन् । यस्तै पिडामा छन् यम बहादुर पुन, पहिरोसँगै झरेका ढुङ्गाले घरको भित्ता भत्किने सम्भावना बढेको र घर भित्र पहिरो पसेकाले घर छोडेर आश्रय लिएर बस्नु परेको बताए ।