arrow

एकतर्फी सञ्चालनमा आयो पृथ्वीराजमार्ग 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ भदौ १५ मंगलबार
prithvi-rajmarga.jpg
तस्वीर–फाइल ।

दमौली । पहिराले अवरुद्ध पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी–मुग्लिङ सडक एकतर्फी सञ्चालनमा आएको छ । आँबुखैरेनी गाउँपालिका–४ डम्पिङमा मंगलबार बिहान ५ः२५ बजे पहिरो खस्दा सडक अवरुद्ध भएको थियो । 

सडकमाथिबाट खसेको पहिरो हटाएर एकतर्फी रूपमा सडक सञ्चालन गरिएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी निरीक्षक शिव क्षेत्रीले जानकारी दिए । जेसीबीको प्रयोग गरी पूर्णरूपमा सडक सञ्चालनमा ल्याउने प्रयास भइरहेको प्रहरीले जनाएको छ । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ