arrow

गण्डकी: २ सय ९७ संक्रमित, ३ सय १९ संक्रमणमुक्त

logo
हाम्रा कुरा
प्रकाशित २०७८ भदौ १५ मंगलबार
gandaki-province-corona.jpg

गण्डकी ।  गण्डकी प्रदेशमा पछिल्लो २४ घण्टामा ३१९ जना कोरोना संक्रमण मुक्त भएका छन् । यस अवधिमा २९७ जना कोरोना संक्रमित थपिएका छन् ।

प्रदेशमा पछिल्लो २४ घण्टामा दुई जना कोरोना संक्रमितको मृत्यु भएको स्वास्थ्य निर्देशनालय, प्रदेश स्वास्थ्य आपत्कालीन कार्य सञ्चालन केन्द्र, गण्डकी प्रदेशका संयोजक नवराज शर्माले जानकारी दिए । 

उनका अनुसार मृत्यु हुनेमा लमजुङको बेँसीसहर नगरपालिका-११ का ६७ वर्षीया महिला र म्याग्दीको बेनी नगरपालिका-२ का ७२ वर्षीय पुरुष छन् । योसँगै प्रदेशमा कोरोना संक्रमण भई मृत्यु हुनेको सङ्ख्या एक हजार २९५ पुगेको छ । 

प्रदेशमा हालसम्म ८१ हजार ५७५ जना कोरोना संक्रमित भएकामा ७७ हजार २२ संक्रमणमुक्त भएका छन् । प्रदेशमा हाल तीन हजार २५८ जना सक्रिय संक्रमित र दुई हजार ८९३ जना होमआइसोलेसनमा रहेको निर्देशनालयले जनाएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ