arrow

अडगुरीमा पहिरो, पुरिएर नौ वर्षे बालिकाको मृत्यु, तीन घाइते

logo
हाम्रा कुरा
प्रकाशित २०७८ भदौ १६ बुधबार
Arghakhanchii-hamrakura.jpeg

अर्घाखाँची । पाणिनी गाउँपालिका–७ अडगुरीमा पहिरामा पुरिएर एक बालिकाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् । मृत्यु हुनेमा जिवलाल सुनारकी नौ वर्षीया छोरी झरना सुनार रहेको जिल्ला प्रहरी कार्यलयले जनाएको छ । 

प्रहरी नायब उपरीक्षक अम्बरबहादुर थापाका अनुसार मङ्गलबार साँझ घरमाथिबाट आएको पहिराले सुनारको एकतले कच्ची घर पुरिँदा बालिकाको घटनास्थलमा नै मृत्यु भएको र  तीन जना घाइते भएका थिए । 

घाइतेको स्थानीय मेडिकलमा उपचार भइरहेको र उनीहरुको अवस्था सामान्य रहेको जनाइको छ । रासस
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ