arrow

दृष्टिविहीन हिमानीले जितिन् केबीसीमा करोड

logo
हाम्रा कुरा
प्रकाशित २०७८ भदौ १६ बुधबार
kbc-himani-blind-win.jpg

काठमाडौं । स्मरण क्षमता भएपछि अपांगता भन्ने शब्दको विशेषण जोडिरहनै पर्दैन । जोकोही बन्न सक्छ उत्कृष्ट । भारतको आगराकी हिमानी बुन्देलाले आफ्नो सफलतालाई चुमेकी छिन् । 

दृष्टिविहीन हिमानीले भारतको टेलिभिजन शो ‘कौन बनेगा करोडपति’ मा एक करोड भारतीय रुपैयाँ जित्न सफल भएकी छिन् । २५ वर्षे हिमानीले बलिउडका महानायक अमिताभ बच्चनबाट उक्त करोडको पुरस्कार लिएकी हुन् । 

कार्यक्रम संचालक बच्चनले उनको तारिफमा फूलको बगैचा नै बनाएका थिए । उनी उक्त कार्यक्रमको सिजन १३ कि पहिलो करोडपति बन्न सफल भएकी छिन् । 

हिमानी १५ वर्षकी हुँदा दुर्घटनामा परेर आँखा देख्न नसक्ने भइन् । आर्थिक स्थिति सामान्य भएकैले परिवारले मुस्किलले चार वटा शल्यक्रिया त गरायो तर हिमानीको दृष्टि फर्केन । 

तर उनले हिम्मत हारिनन् । नयाँ शिराबाट जीवन अगाडि बढाइन् । सरकारी जागिर खान थालिन् । उनले केन्द्रीय विद्यालयमा शिक्षिकाको जागिर गरिन् । 

केबीसी (कौन बनेगा करोडपति) मा उनले सन् २००९ देखि प्रयास गरेकी थिइन् । सन् २०१९ मा रजिष्ट्रेशन भएको थियो । तर हट सिटमा बस्ने मौका मिलेन । लगातार तेस्रो पटक रजिष्ट्रेशन भयो र अन्ततः मौका पाइन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ