- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । कोरोना संक्रमणले युवामा डायबिटिज (मधुमेह) बढाएको खुलासा भएको छ । अमेरिकी युवाहरुमा तीव्र गतिमा डायबिटिज बढिरहेको हो । त्यसमा पनि ज्यादा मोटा युवामा टाइप २ डाजबिटिज देखिएको छ । योसँगै रगतमा हाइ सुगर लेभलको परीक्षण ३५ वर्ष गरिएको छ । यसअघि ४० वर्षको उमेरदेखि यसको परीक्षण गर्न सुझाव दिइने गरिन्थ्यो ।
अमेरिकाको प्रिभेन्टिभ सर्भिसेज टास्क फोर्सका अनुसार मोटा युवामा टाइप २ डायबिटिज र प्रिडायबिटिजको स्क्रिनिङ ३५ वर्षको उमेरमै शुरु गर्नुपर्नेछ । यसबाट मोटा व्यक्तिको गम्भीर स्वास्थ्य समस्याबाट बच्न मद्धत मिल्नेछ । अमेरिकामा ४० प्रतिशत भन्दा बढी युवा संख्यालाई परीक्षण गर्न सल्लाह दिइएको छ ।
अध्ययनअनुसार अमेरिकामा सातमध्ये एक युवालाई डायबिटिज भएको छ । कोरोना महामारीबीच डायबिटिजका पीडित बढेसँगै थप चिन्ताको विषय बनेको छ । डायबिटिज भएकालाई कोरोना लाग्दा गम्भीर हुने र अस्पतालमा भर्ना हुनु पर्ने वा मृत्युसमेत हुन सक्ने भन्दै सचेत हुन आग्रह गरिएको छ ।
टास्क फोर्सले ३५ वर्षभन्दा अगाडि पनि डायबिटिज परीक्षण गर्न आग्रह गरेको छ । जसको परिवारिक पृष्ठभूमि डायबिटिजबाट पीडित छ त्यस्ताका सन्तानलाई अनिवार्य रुपमा परीक्षण गर्न भनिएको छ ।
टास्क फोर्सका उपाध्यक्ष डा. माइकल डे बेरीका अनुसार कोरोना महामारी वास्तवमै महत्वपूर्ण हो । डायबिटिज र प्रिडायबिटिज पनि महामारीजस्तै हो । मोटोपन र अभ्यासको कमीले यो रोग बढिरहेको उनको निष्कर्ष छ ।
बेरीका अनुसार अमेरिकाका लगभग एक तिहाई युवामा हाई ब्लड शुगर लेभलको समस्या छ । डाक्टरहरुले जीवनशैली सुधार गर्न आग्रह गर्दै शारीरिक अभ्यास बढाएर स्वस्थ्य खाना खाने हो भने डायबिटिजको जोखिमबाट बच्न सकिने बताएका छन् ।