arrow

कोरोना अपडेट: एकै दिन तीन हजार बढी निको भए, सक्रिय संक्रमित संख्या ३४ हजारमा झर्‍यो

logo
हाम्रा कुरा
प्रकाशित २०७८ भदौ १६ बुधबार
corona-nepal-1618404789.jpg

काठमाडौं। पछिल्लो २४ घण्टामा कोभिड-१९बाट सङ्क्रमित तीन हजारभन्दा बढी मानिस सङ्क्रमणमुक्त भएका छन् । यस्तै दुई साताअघि ४० हजार पुगेको सक्रिय सङ्क्रमितको सङ्ख्या समेत ३४ हजारमा झरेको छ । 

पछिल्लो २४ घण्टामा थप २ हजार ५२ जनामा कोभिड १९ को सङ्क्रमण पुष्टि भएको छ।  योसँगै हालसम्म पिसिआर विधिबाट ७ लाख ६४ हजार २ सय ९५ जनामा र एन्टिजेन विधिबाट ८३ हजार ९ सय ९ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । 

यस्तै पछिल्लो २४ घण्टामा थप ३ हजार ३० जना कोभिड१९को सङ्क्रमणमुक्त भएका छन् । योसँगै हालसम्म सङ्क्रमणमुक्त हुनेको सङ्ख्या ७ लाख १९ हजार ३ सय ३६ पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा २० जनाको मृत्यु भएको छ । योसँगै हालसम्म मृत्यु हुनेको सङ्ख्या  १० हजार ७ सय ७० पुगेको छ। पछिल्लो २४ घण्टामा १४ हजार ९ सय ३५ जनाको नमुना परीक्षण गरिएको छ ।

हाल ५ सय ६३ जनाको आइसियु र १ सय ७० जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ । हाल सक्रिय सङ्क्रमितको सङ्ख्या ३४ हजार १ सय ८९ रहेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ