arrow

नेपालमा एक करोडभन्दा बढी कोरोनाविरुद्ध खोप लगाइयो

logo
हाम्रा कुरा
प्रकाशित २०७८ भदौ १७ बिहिबार
khop2.jpg

काठमाडौं । सरकारले कोरोना भाइरस विरुद्धको खोप एक करोडभन्दा बढी लगाएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले कोरोना विरुद्ध सबैलाई चैतसम्ममा खोप लगाउने योजना अनुसार बुधबारसम्ममा १ करोड ९२ हजार १ सय ६ खोप लगाइसकिएको छ ।

बुधबारसम्ममा १७.९ प्रतिशतले खोपको पहिलो मात्रा लगाएका छन् भने १५.४ प्रतिशतले पूर्ण खोप लगाएका छन् । जस अनुसार पहिलो डोज ५४ लाख २४ हजार ८ सय ३६ जनाले पहिलो मात्रा र ६४ लाख ६७ हजार ३ सय २८ जनाले पूर्ण खोप लगाइसकेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

सरकारले भोरोसेल, जे एण्ड ऐ, कोभिशिल्ड, जापान निर्मित अस्ट्राजेनेका र स्वीडिस अस्ट्राजनेका खोप ल्याएको छ । सरकारले असोज मसान्तसम्म ३० प्रतिशतलाई खोप लगाउने योजना अनुसार काम गर्दै आएको छ।



नयाँ