arrow

पोखरामा पहिरोले घर पुरिँदा दुई जनाको मृत्यु, एक जना बेपत्ता

logo
हाम्रा कुरा
प्रकाशित २०७८ भदौ १७ बिहिबार
pokhara-2.jpg

पोखरा । भारी वर्षासँगै पोखरा महानगरपालिका वडा नं. २० भलाममा पहिरोले घर पुरिएको छ । 

र्यालेचौरस्थित महेन्द्र मावि स्कुल नजिकैका स्थानीय कृष्ण श्रेष्ठको घर पुरिँदा दुई जनाको मृत्यु भएको बताइन्छ । 

मृत्यु हुनेमा कृष्ण श्रेष्ठ र उनकी श्रीमती सुनमाया तामाङ रहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । 

कास्की प्रहरी प्रवक्ता सुवास हमालका अनुसार पहिरोमा पुरिएर बेपत्ता भएका श्रेष्ठको उपचारका क्रममा मृत्यु भएको हो । 

पहिरोमा परि श्रेष्ठका तीन वर्षीय छोरा सन्तोष श्रेष्ठ बेपत्ता भएका छन् भने नौ वर्षीय छोरा राजकुमार श्रेष्ठ घाइते भएको पत्रकार सूर्य बास्तोलाले जानकारी दिए ।

अविरल वर्षाका कारण भलामका धेरै घर पहिरोको जोखिममा रहेको उनले बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ