arrow

अफगानिस्तानबाट थप १० जनाको उद्धार, हालसम्म ८५७ जना स्वदेश फर्किए

logo
हाम्रा कुरा
प्रकाशित २०७८ भदौ १७ बिहिबार
nepal-afghanistan-back.jpg

काठमाडौँ । तालिबानको नियन्त्रणमा पुगेको अफगानिस्तानबाट हालसम्म ८ सय ५७ नेपाली स्वदेश फिर्ता भएका छन् । 

परराष्ट्र मन्त्रालयका अनुसार अफगानिस्तानबाट उद्धार भई हिजो साँझ फ्लाई दुबईको नियमित उडानबाट ६ जना, कतार एयरको नियमित उडानबाट २ र आज (बिहीबार) कतार एयरको नियमित उडानबाट २ जना गरी थप १० जना स्वदेश फर्किएका हुन् ।

यस्तै मन्त्रालयले काबुलमा उद्धारको पर्खाइमा रहेका थप नेपाली नागरिकहरूलाई उघार गरी स्वदेश फर्काउन आवश्यक समन्वय भइरहेको जानकारी दिएको छ ।

बिहीबार साँझ विज्ञप्ति जारी गर्दै परराष्ट्र मन्त्रालयले यस्तो जानकारी दिएको हो । यस्तै मन्त्रालयले अफगानिस्तानमा नै रहेका र आफ्नो नाम दर्ता नगराएकाहरूले आफै वा परिवारजनले कन्सुलर सेवा विभागको वेबसाइट https://nepalconsular.gov.np/ मा रहेको अनलाइन पोर्टलमा आफ्नो नाम सहितको विवरण दर्ता गर्न  आग्रह गरेको छ ।

यसबाहेक Viber र WhatsApp सुविधा सहितको मोबाइल नम्बरहरू +९७७ ९७४९३२६४५८ (कन्सुलर सेवा विभाग), +९७७ ९७४९३२६४५९ (परराष्ट्र मन्त्रालय), +९७७ ९८४१७९२७७४ (Situation Room, परराष्ट्र मन्त्रालय) र +९१ ८९२९६०१९२५ (नेपाली राजदूतावास, नयाँ दिल्ली) प्रयोग गरेर पनि विवरण टिपाउन अनुरोध गरेको हो।

यस्तै गन्तव्यमा पुगेपछि त्यसको जानकारी पनि माथि उल्लेखित फोन नम्बरहरू, WhatsApp, Viber  वा अनलाइन पोर्टलबाट गराउन समेत मन्त्रालयले आग्रह गरेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ