लक्ष्मी बैङ्कको ऋणपत्र नेपाल स्टक एक्सचेञ्जमा सूचीकृत
हाम्रा कुरा
प्रकाशित २०७८ भदौ १७ बिहिबार
1k
Shares
काठमाडौँ। लक्ष्मी बैङ्कद्वारा निष्कासित २ अर्ब रुपैयाँ मूल्य बराबरको “८.५% लक्ष्मी बैङ्क डिबेन्चर, २०८८” नेपाल स्टक एक्सचेञ्ज लिमिटेडमा सूचिकृत भएको छ। सूचीकरण पश्चात् सो ऋणपत्र नेपाल स्टक एक्सचेञ्ज लिमिटेडमा दोस्रो बजार कारोबार गर्न सकिनेछ।
आज एक कार्यक्रमबिच सो ऋणपत्र सूचीकरण गर्ने सम्बन्धी सम्झौता पत्रमा नेपाल स्टक एक्सचेञ्ज लिमिटेडका निमित्त प्रमुख कार्यकारी अधिकृत निरञ्जन फुयाँल तथा लक्ष्मी बैङ्क लिमिटेडका प्रमुख कार्यकारी अधिकृत अजय विक्रम शाहले हस्ताक्षर गरेका थिए।