arrow

स्मार्टडोकोले ल्यायो ‘फादर्स डे अफर’

logo
हाम्रा कुरा
प्रकाशित २०७८ भदौ १७ बिहिबार
smartdoko-online.jpg

काठमाडौँ। नेपालको नम्बर वान अनलाइन मेगास्टोर स्मार्टडोकोले ‘फादर्स डे अफर’ ल्याएको छ। स्मार्टडोकोले यस बुवाको मुख हेर्ने दिनमा ‘फादर्स डे अफर ल्याएको हो।

सो अफर अनुसार ग्राहकले हिमालयन बैङ्कको डेबिट, क्रेडिट र प्रिपेड कार्डबाट अनलाइन भुक्तानी गर्दा १५ प्रतिशत क्यासब्याक (रु ५०० सम्म), साथै माछापुच्छ्रे बैङ्कको डेबिट र क्रेडिट कार्डबाट अनलाइन भुक्तानी गर्दा १० प्रतिशत क्यासब्याक (रु ५०० सम्म) र नेपाल इन्भेस्टमेन्ट बैङ्कका डेबिट र क्रेडिट कार्डबाट भुक्तानी गर्दा १५ प्रतिशत क्यासब्याक (रु ५०० सम्म) को छुट पाउने स्मार्टडोकोले जनाएको छ।

स्मार्टडोकोले दैनिक रूपमा आकर्षक अफर पनि ग्राहकमाझ ल्याएको जनाएको छ। स्मार्टडोको अनलाइनबाट सामान खरिद गर्दा ग्राहकले हरेक दिन उपहार पाउने भएका छन्।

ती उपहारहरूमा टुड्रोम आर फोर हाइ रेस अडियो वाइर्ड मेटल इयरफोन, टुड्रोम एच टु कोएक्सियल डुयल ड्राइभ हाइ रेस अडियो वाइर्ड इयरफोन, बाल्ट्रा ट्रु हेयर ट्रिमर, हायलोउ एलएसओ टु स्मार्ट वाच र इन्सुलेटेड स्टेनलेस स्टिल कफी–टी मग रहेका छन्।

स्मार्टडोकोले बुबाको मुख हेर्ने दिनको अवसरमा बेस्ट डिल र डिस्काउन्टको अफर पनि ल्याएको छ। जस अन्तर्गत ग्राहकले गिफ्ट सेट, केक र स्वीट, घडीहरू, विभिन्न प्रकारका खाना, पर्फ्युम, हेल्थ एण्ड फिटनेस प्रडक्टमा ६० प्रतिशतसम्मको छुट पाउन सक्नेछन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ