arrow

नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध, पाँचकिलोमा पहिरो

logo
हाम्रा कुरा
प्रकाशित २०७८ भदौ १८ शुक्रबार
narayanghad-mugling-pahiro.jpg
तस्वीर–फाइल ।

चितवन । नारायणगढ–मुग्लिन सडकखण्डमा पहिरो खस्दा सडक अवरुद्ध भएको छ । इच्छाकामना गाउँपालिका–६ पाँचकिलोमा शुक्रबार बिहान पहिरो खस्दा सडक अवरुद्ध भएको हो ।

बिहान करिब ७ः५० बजे पहिरो खस्दा सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । कार्यालयका अनुसार पानी परिरहेको र पहिरो झर्ने क्रम नरोकिएकाले पहिरो पन्छाउने काम सुरु हुनसकेको छैन । 

पहिराले सडक दुईतर्फी अवरुद्ध भएको प्रहरीले जनाएको छ । पहिरो खसेसँगै नारायणगढ–मुग्लिन सडकखण्ड भएर चल्ने सवारी साधन रोकिएका छन् । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ