arrow

वामदेव गौतमले एमाले त्यागे

logo
हाम्रा कुरा
प्रकाशित २०७८ भदौ १८ शुक्रबार
bamdev-gautam-ncp-1619856204.jpg

काठमाडौं । नेकपा एमालेमा उपाध्यक्ष वामदेव गौतमले पार्टी छाडेका छन् । शुक्रवार पार्टी केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङलाई पत्र लेख्दै गौतमले पार्टी उपाध्यक्ष र एमाले पार्टीबाटै राजीनामा दिएका हुन् । 

उनले पार्टी अध्यक्ष केपी शर्मा ओलीको गलत विचार, प्रवृत्ति र शैलीका कारण एमालेमा रहिरहन सक्ने अवस्था नभएको राजीनामा पत्रमा लेखेका छन् । यस्तै पत्रमा अध्यक्ष ओलीले नवौँ महाधिवेशनबाट पारित राजनीतिक कार्यदिशालाई अवलम्बन नगरेको आरोपसमेत लगाएका छन् ।

‘म आफैँ संलग्न भएर निर्माण भएको नेकपा एमालेमा तपाईँका गलत विचार, प्रवृत्ति र शैलीका कारण रहिरहन असमर्थन भएकाले आजको मितिमा पार्टीको उपाध्यक्ष पद र पार्टीको सबै जिम्मेवारीबाट राजीनामा दिएको छु ।’ गौतमले राजीनामा पत्रमा भनेका छन् । 

एनले जनताको बहुदलीय जनवाद (जबज) तथा मदन भण्डारीको विचार र मान्यता संविधानको सर्वोच्चता र कानुनी राज्यको सिद्धान्तलाई पालना नगरेको तथा झन्डै दुई तिहाइको जनादेशलाई लत्त्याएर दुई पटक संविधान विपरीत संसद् भङ्ग गरेको पत्रमा भनेका छन् ।

यसैबिच गौतम माधव नेपालले गठन गरेको नेकपा एकीकृत समाजवादी पार्टीमा जाने सम्भावनासमेत बढेको छ । तर त्यसका लागि गौतमले सो दलको विधानमा जनताको बहुदलीय जनवाद समावेश गर्न माग गर्दै आएको बताइन्छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ