arrow

११ वर्षपछि नेपालमा डब्लुएचओको क्षेत्रीय कार्यकारी समितिको बैठक

logo
हाम्रा कुरा
प्रकाशित २०७८ भदौ २० आइतबार
world-health-organization-who.jpg

काठमाडौं । स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले नेपालमा विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)को क्षेत्रीय कार्यकारी समितिको वार्षिक बैठक आयोजना गर्न पाउनु खुसीको कुरा भएको बताएका छन् ।

आइतबार स्वास्थ्य मन्त्रालयले आयोजना गरेको भर्चुअल पत्रकार सम्मेलनमा बोल्दै मन्त्री श्रेष्ठले यस्तो बताएका हुन् । उनले नेपालले झण्डै ११ वर्षपछि बैठकको नेतृत्वको गर्न पाउनु गौरवको कुरा रहेको बताएका हुन् ।

भोलि अर्थात् भदौ २१ देखि २५ सम्म काठमाडौँमा भर्चुअलरुपमा डब्लुएचओको क्षेत्रीय कार्यकारी समितिको वार्षिक बैठक हुँदै छ । बैठकमा दक्षिण पूर्वी एसियाका ११ वटै मुलुकका स्वास्थ्य मन्त्री, विश्व स्वास्थ्य सङ्गठनका महानिर्देशक र क्षेत्रीय निर्देशकको सहभागिता रहने भएको छ ।

बैठकमा नसर्ने रोग कसरी नियन्त्रण गर्ने, खोपमा सर्वव्यापी पहुँच र व्यवस्थापन एवं प्राप्ति लगायतका विषयमा छलफल हुने बताइएको छ । यस्तै मन्त्रालयका सचिव डा. रोशन पोखरेले पनि नेपालमा यो बैठक गर्न पाउनु खुसीको कुरा भएको बताएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ