arrow

विभिन्न ठाउँमा पहिरो जाँदा हेलम्बु राजमार्ग अवरुद्ध

logo
हाम्रा कुरा
प्रकाशित २०७८ भदौ २१ सोमबार
badhi-sindhupalchowk.jpg
तस्वीर–अबिरल वर्षापछिको काभ्रे र सिन्धुपाल्चोकको सिमा ढाँडखोला ।

सिन्धुपाल्चोका । अविरल वर्षाले मेलम्ची नगरपालिका  १२ र १३ को विभिन्न ठाउँमा पहिरो जाँदा हेलम्बु राजमार्ग अवरुद्ध भएको छ । मेलम्ची–१२ बाहुनेपाटी र १३ मेलम्ची–जिरोकिलो सडकखण्डस्थित फटकशिलामा गए रातिदेखि पहिरो खसिरहेकाले सडक अवरुद्ध भएको हो ।

सिन्धुखोलामा विद्युत्को पोल ढल्दा मेलम्ची बजारलगायत ठाउँमा विद्युत् सेवासमेत अवरुद्ध भएको इलाका प्रहरी कार्यालय मेलम्चीका प्रहरी निरीक्षक टीकाराम राईले जानकारी दिए । 

वर्षा रोकिएपछि मात्र पहिरो पन्छाएर सडक  सञ्चालनमा ल्याउ सकिने र निकै जोखिम रहेकाले अहिले वैकल्पिक सडक प्रयोग गर्न प्रहरीले आग्रह गरेको छ । रासस
 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ