arrow

रिचार्ड कार्डको प्रयोग घट्दै, एनटीसीमा ४२ प्रतिशतले गर्छन् 'टपअप'

logo
हाम्रा कुरा
प्रकाशित २०७८ भदौ २१ सोमबार
Nepal-Telecom-NTC.png

काठमाडौं । डिजिटल प्रविधिको प्रयोग बढेसँगै विद्युतीय माध्यमबाट फोनमा रिचार्ज गर्नेको संख्यामा वृद्धि भएको छ । नेपाल टेलिकमको पछिल्लो विवरण अनुसार कुल रिचार्जको ४२ प्रतिशत विद्युतीय माध्यमबाट हुने गरेको पाइएको हाे ।

नेपाल टेलिकमका प्रवक्ता राजेश जोशीले प्रविधिको प्रयोग बढेसँगै विद्युतीय तरिकाले रिचार्ज अथवा 'टपअप' गर्नेको अनुपात बढेको बताएका हुन् । 

खासगरी दुरसञ्चार सेवा सुरू भएयता नै बजारबाट रिचार्ज कार्ड किनेर कोट्याएर प्रयोग गर्ने चलन रहेकाे छ ।

यद्यपि, पछिल्लाे समय यीमध्ये ४२ प्रतिशतसम्मले विद्युतीय माध्यमबाट, जस्तै: अनलाइन बैंक, डिजिटल भुक्तानी सेवा प्रदायक, एटीएमलगायतका माध्यमबाट रिचार्ज अथवा टपअप गर्ने गरेका हुन् ।

कोभिड१९ को महामारी अघि २५ प्रतिशत रहेको यो अनुपात महामारीसुरुभएसँगै बढेर अहिले ४२ प्रतिशत पुगेको टेलिकमका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीले बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ