- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौंँ। माछापुच्छ्रे बैङ्क लिमिटेडले देशका विभिन्न स्थानमा थप ७ शाखा रहित बैङ्किङ सेवा सञ्चालनमा ल्याएको छ। बैङ्कले गोरखा जिल्लाको पालुङ्गटार नगरपालिका-६, काठमाडौँ जिल्लाको कीर्तिपुर नगरपालिका मैत्रिनगर, नुवाकोट जिल्लाको लिखु गाउँपालिका-२ थानसिंह, चितवन जिल्लाको रत्ननगर नगरपालिका-५, जुवाली, चितवन जिल्लाकै रत्ननगर नगरपालिका-१६ खैरेटी, कपिलवस्तु जिल्लाको शिवराज नगरपालिका-३, खरेन्द्रपुर, सिराहा जिल्लाको सुखिपुर नगरपालिका-२ छजनाचोकमा गरी जम्मा ७ स्थानमा शाखा रहित बैङ्किङ सेवा सञ्चालनमा ल्याएको हो।
बैङ्किङ पहुँचदेखि टाढा रहेका ग्रामीण भेगका नागरिकमा बैङ्किङ सेवा प्रदान गर्ने उद्देश्यले बैङ्कले शाखा रहित बैङ्किङ सेवा मार्फत सेवा प्रदान गर्दै आइरहेको छ। देशका विभिन्न स्थानमा ७ शाखारहित बैङ्किङ सेवा थप भएसँगै माछापुच्छ्रे बैङ्क लिमिटेडको शाखा रहित बैङ्किङ सेवा १७२ पुगेको बैङ्कले जनाएको छ।
ग्राहक सेवा केन्द्रको रूपमा सञ्चालित उक्त शाखा रहित सेवा केन्द्रहरूबाट खाता खोल्न, रकम जम्मा गर्न र झिक्न, रेमिटेन्स भुक्तानीका साथै कर्जा आवेदन समेत दिन सकिने छ।
बैङ्कले पूर्वमा झापा देखि पश्चिममा कञ्चनपुर साथै हिमाल देखि पहाड र तराईसम्म आफ्ना १६२ वटा शाखाहरू लगायत १७२ शाखा रहित बैङ्किङ सेवा र ५ एक्सटेन्सन काउन्टर समेत गरी जम्मा ३३९ स्थानबाट १० लाख भन्दा बढी ग्राहकहरूमा सम्पूर्ण बैङ्किङ सुविधा प्रदान गरिरहेको छ। साथै, बैङ्कको देशभर २०३ वटा एटिएमहरू सञ्चालनमा रहेको छ।