arrow

मुग्लिन–नौबिसे सडकमा ठूलो पहिरो, बाटो खुलाउन समय लाग्ने  

logo
हाम्रा कुरा
प्रकाशित २०७८ भदौ २२ मंगलबार
narayanghad-mugling-pahiro.jpg
तस्वीर–फाइल ।

मुग्लिन । पहिरोका कारण मुग्लिन–नौबिसे सडक अवरुद्ध भएको छ । पृथीराजमार्गअन्तर्गत धादिङको बेनीघाट रोराङ गाउँपालिका–१० जोगीमारामा बिहान ६ः०० बजे सडकमाथिबाट पहिरो  खसेर राजमार्ग दुइतर्फी अवरुद्ध भएको हो ।

अहिले पहिरो हटाउनका लागि फिस्लिङबाट सडक विभागको मेसिनसहित टोली पहिरोस्थलतर्फ गएको सडक विभागका सुपरभाइजर हरि घिमिरेले जानकारी दिए । 

पहिरो ठूलो खसेकाले सडक खुलाउनका लागि समय लाग्ने उनले बताए । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ