arrow

इरानमाथि हमलाको योजना 'द्रुत' बन्दै छ : इजरायली सेना प्रमुख

logo
हाम्रा कुरा
प्रकाशित २०७८ भदौ २२ मंगलबार
Aviv Kohavi.jpg

काठमाडौँ । इजरायलका सेना प्रमुख अभि कोचाभिले इरानको परमाणु योजनाविरुद्धको 'सैन्य योजना द्रुत बनाउने' चेतावनी दिएका छन् ।

सोमबार वाल्ला न्युजसँग बोल्दै उनले भनेका छन्, 'इरानविरुद्ध सम्भावित कारबाहीको तयारी तीव्र पारिएको छ ।' यस्तै उनले रक्षा क्षेत्रमा बढाइएको बजेटको हिस्सा यसै कार्यका लागि भएको समेत बताएका छन् ।

'इजरायलीको सेनाको अहिलेको मुख्य उद्देश्य भनेको मध्यपूर्वमा इरानको सिरियामा जोड दिएर इरानको उपस्थिति कम गराउनु' हो उनले भनेका छन् । 

इजरायलको हवाई आक्रमणले उत्तरी क्षेत्रमा इरानको उपस्थिति र हतियारमा कमी गराएको समेत प्रमुख काेचाभिकाे भनाइ छ ।

इरानले पछिल्लो समय आफ्नो परमाणु हतियार सम्बन्धीका गतिविधिहरू बढाएको बताइन्छ । यसबिच इजरायलले चेतावनी दिएको हो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ